News Portal

  • भक्तपुरबाट सिक्नुपर्नेमा दक्षिणकालीका जनप्रतिनिधिको जोड

    भक्तपुरपोस्ट संवाददाता
    १२८३ पटक

    भक्तपुर, १३ मंसिर । दक्षिणकाली नगरपालिकाका उपप्रमुख वसन्ती तामाङ (डंगोल) को नेतृत्वमा आएको एक टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरेको छ । भेटघाट गर्ने क्रममा उपप्रमुख वसन्ती तामाङ (डंगोल) ले सम्पदा अवलोकन समेत गरेकी छिन् ।

    राष्ट्रिय कला संग्रहालयको स्थलगत अवलोकनका लागि भक्तपुर पुगेको टोलीले भक्तपुर नगर प्रमुखसँग भेटी भक्तपुरको सम्पदा संरक्षण तथा शिक्षा, स्वास्थ्य तथा विकास निर्माणमा समुदायसँगको सहकार्यबारे अन्य नगरपालिकाले पनि सिक्नुपर्ने दक्षिणकाली नगर उपप्रमुखले बताएकी छिन् । उनले एक वर्षअघि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको निरीक्षणका क्रममा भक्तपुरको अध्ययन अवलोकन गरेको स्मरण गर्दै यहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताएकी हुन् ।

    सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका नयाँ संग्रहालय निर्माणको क्रममा रहेको र भक्तपुर नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने उद्देश्य रहेको बताएका छन्। नगरपालिकाभित्र रहेका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका सम्पदाहरू परम्परागत शैलीमै जीर्णोद्धार र पुनर्निर्माणमा जोड दिंदै आइरहेको बताउँदै उनले सम्पदा संरक्षणमा भक्तपुरका जनताको साथ र सहयोग निरन्तर पाइरहेको समेत बताएका छन् ।

    नगरपालिकाद्वारा सञ्चालित कलेजबारे बताउँदै प्रजापतिले देशका अन्य स्थानीय तहले पनि शैक्षिक संस्था सञ्चालन गरी बहुसंख्यक जनतालाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गरेका छन्। सो क्रममा उनले नगरपालिकाका कोभिड–१९ नियन्त्रणका गतिविधि र प्रयासबारे पनि जानकारी दिएका छन् ।

    नगर प्रमुख प्रजापतिले नगरपालिकाले दक्ष जनशक्ति उत्पादनको निम्ति डकर्मी र सिकर्मीको तालिम सञ्चालन गरिरहेको, मौलिक शैलीको घर निर्माण गर्न स्थानीय जनतालाई उत्साहित गर्दै अनुदानको व्यवस्था गर्दै आइरहेको, जनज्योति पुस्तकालयको स्तरोन्नति, कोभिड महामारीका कारण जनप्रतिनिधिहरूको अगुवाइमा भक्तपुरका प्रसिद्ध जात्राहरू स्थानीय जनतासँगको सल्लाहमा शान्तिपूर्वक रूपमा स्थगित गरेको पनि बताएका छन् ।

    दक्षिणकाली नगरपालिकाका उपप्रमुख शान्ति तामाङले भक्तपुरको कला संग्रहालय व्यवस्थापन, संस्कृति, सम्पदा संरक्षण, विकास निर्माणलगायतका कार्यहरूबाट आफूहरूले पनि सिक्न चाहेको बताएकी छिन् । दक्षिणकाली नगरपालिकाले पनि आफ्ना ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरू जगेर्ना गर्ने हेतुले अगाडि बढिरहेको उनले बताएकी छिन् । यस क्रममा छिमेकी नगरपालिकाहरूसँग भगिनी सम्बन्ध कायम गर्न इच्छुक रहेको पनि तामाङले बताएकी छिन् ।

    भेटमा नगर प्रमुख प्रजापतिले आगन्तुक टोलीलाई नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरू उपहारस्वरूप प्रदान गरेका थिए ।

    टोलीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र प्रशासकीय अधिकृत दामोदर सुवालले खादा ओढाई पुष्पगुच्छासहित स्वागत गरेका थिए । त्यसपछि उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीले दक्षिणकाली नगरपालिकाका प्रतिनिधि टोलीलाई नगरपालिकाको सम्पूर्ण शाखा तथा उपशाखा, भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालय, तलेजु परिसर, वत्सला मन्दिर, पाँचतले मन्दिर, भैरवनाथ मन्दिरलगायतको स्थलगत अवलोकन गराएका थिए ।

    दक्षिणकाली नगरपालिकाको टोलीमा जनप्रतिनिधिहरू, शेषनाराण मन्दिरका पुजारी, फर्पिङ जात्रा पर्व संरक्षण समिति, टोल सुधार समिति, जननेत्र पुस्तकालय तथा विभिन्न शाखा–उपशाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...