News Portal

  • कम्युनिष्ट नेताको कुखुरा फारम

    २५०५ पटक

    उदयपुर, १४ मंसिर । ४९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका पदमप्रसाद डाँगीको दैनिकी हिजोआज फेरिएको छ । राजनीतिलाई एकातिर राखेर डाँगी कृषि कर्ममा होमिएका छन् । लामो समय कम्युष्टि पाटीको राजनीति गर्दै आएका डाँगी अहिले नेपाल कम्युनिष्ट पाटी ९नेकपा० सदस्य हुन् । राजनीति र कृषि कर्मलाई सँगै लैजान उनी अहिले बागेश्वरी पशुपन्क्षी तथा माछा फार्म दर्ता गरि लोकल कुखुरा पालनमा प्रवेश गरेको डाँगी सुनाउँछन् ।

    डाँगीले २०२८ सालमा झापा आन्दोलनबाट आफु नेपाल कम्युनिष्ट पाटी माक्सबादी लेनिनवादीमा (माले) मा लागेको सुनाए । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा बस्दै आएका डाँगी लामो राजनितिक जिवनसँगै पञ्चायतको अन्तिममा गासस र बहुदलिय ब्यवस्था आएपछि तत्कालिन नेकपा एमालेबाट साबिकको देउरी गाउँ विकास समिति २ नम्बर वडाको वडाध्यक्ष भई ०४८ देखि २०५४ सम्म काम गरेको सुनाए । हाल भने नेपाल कम्युनिष्ट पाटी (नेकपा) को सदस्य रहेको बताए ।

    राजनीतिलाई हेर्ने सवालमा आफनो कृषि कर्मलाई एउटा क्रमभंगता मान्छिन् उनी । ‘राजनीति स्थायी व्यवसाय होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो’, उनले भने्, ‘राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र निःशुल्क गरिन्छ । देश राजनीति गर्नेहरूले बिगारे भन्ने जनतामा रहेको बितृष्णा हटाउन पनि आपूm कृषि कर्ममा लागेको उनले दाबी गरे । ‘रोजगारीका लागि लाखौं युवा विदेश गएका छन् । राजनीति गरेकाले सबै बिगारे भन्ने जनताको गुनासो हटाउन पनि कृषिलाई ब्यवसायीक र मर्यादित बनाउँनु पर्नेमा जोड दिए । रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै आत्मनिर्भर गराउन सकिने उनको दाबी छ । यसले गरिबी निवारणमा पनि सघाउँथ्यो ।

    सगरमाथा लोकमार्गबाट २ किलोमिटर दक्षिणमा केही वर्षदेखि २ बिगाहा १४ कठ्ठा जग्गा २० वर्षका लागि भाडामा लिएर चार जना मिलेर सँयुक्त रुपमा लोकल कुखुरा, टर्कि, लौकाट, गिरिराज, कटकनाथ तथा ७ वटा पोखरी निर्माण गरि माछा पालन थालेको बताउँछन् । अहिले सम्म ३० लाखको लागतमा उदयपुरको त्रियुगा नगरपालिका– ४ बगाहामा रहेको उनको फार्म फैलिँदो छ । बैदेशिक रोजगारमा जाने युवाहरुलाई रोक्न पनि आफुले ब्यवसायी बिभिन्न जातको कुखुरा पालन थालेको बताउँछन ।

    उनले बागेश्वरी पशुपन्क्षी तथा माछा फार्ममा अबको तीन महिना भित्रमा ह्याचरी सञ्चालन गर्ने र मासिक १० हजार चल्ला उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए । मासिक १० चल्ला उत्पादन हुन थालेपछि मासिक रुपमा १० लाख सम्म कमाई हुने उनको तर्क छ । त्यसपछि भने यहाँ दर्जनौ युवाहरुलाई रोजगारी दिन सकिने र सयौ युवाहरु स्वरोजगार हुने उनको बिश्वास रहेको छ । छोटो अवधिमै सोचे भन्दा निकै बढी आम्दानी गर्न सकिने छ । कुनै पनि काम ठूलो वा सानो हुदैन भन्छन । मेहनत र परिश्रम गरे बिदेशमा होइन यहाँ पनि कमाई गर्न सकिन्छ । माछा, मासु र अण्डा उत्पादन गर्ने उदेश्यले कुखुराको फर्म सञ्चालन गरेको पदमप्रसाद डाँगीमो भनाई रहेको छ ।

    उत्पादन भन्दा बढी माग आउने गरेकाले माग धान्न मुस्किल हुन थालेको अर्का फम सञ्चालक अम्बिकाप्रसाद धमला बताउँछन । लोकल कुखुरा, टर्कि, लौकाट, गिरिराज, कटकनाथ गरि १ हजार ५ सय कुखुरा तथा ७ वटा पोखरीमा ४८ हजार माछा लगाएको बताउँछन । चल्ला उत्पादन गर्ने ह्याचरी मेसिन भंसारमा आएर बसेको छ केही दिनमा नै आउँदैछ । कोभिड १९ नभएको भए यतिखेर चल्ला उत्पादन भई सक्ने थियो ।

    चारैतिर मसिनो तारले घेराबेरा गरेर बनाइएको आधुनिक खोर तथा खुल्ला चरण क्षेत्र भएकोले राम्रोसँग फष्टाएको बताउँछन । परिश्रम र लगानी फर्ममा देखिने भन्दै ब्यवस्थित खोर निर्माणमा स्वरोजगार कार्यक्रम मार्फत सरकारी सहयोग भए लोकल कुखुराको स्वास्थ्यकर मासु उत्पादनलाई थप प्रभावकारी बनाउन सकिने बताउँछन । बजारमा लोकल कुखुराको मासु प्रतिकिलो सात सयले बिक्रि हुदै आएकाले यसको माग अझ बढ्दै गएको अवस्थामा सरकारले ब्यवसायिक रुपमा कुखुरा पालन गर्न चाँहने बेरोजगार युवाहरुलाई युवा लक्षित कार्यक्रम मार्फत अनुदान दिनु पर्ने निरौलाको भनाई रहेको छ । बागेश्वरी पशुपन्क्षी तथा माछा फार्ममा अम्बिकाप्रसाद धमला, पदमप्रसाद डाँगी, जयप्रकाश चौधरी र राकेश चौधरीको संयुक्त लगानी रहेको छ ।

    त्यहाँ अहिले ६ जनाले प्रत्येक्ष रोजगारी पाई रहेको छन् भने भविष्यकम नै दर्जनौले रोजगारी पाउने सञ्चालक धमला बताउँछन । हामीले पहिलो चरणमा १ हजार २ सय बिभिन्न जातको लोकल कुखुरा, २ सय ५० वटा टर्कि, २ सय वटा लौकाट, १ सय ६४ वटा कटकनाथ, १ सय गिरिराज लगाएकाछौं । मासु भन्दा पनि यसलाई ब्यवसायीक बनाउन अण्डा उत्पादन गरि ह्याचरी चलाउने उद्देश्य हो, धमलाले भने । टर्कि, लौकाट, कटकनाथ, गिरिराजको चल्ला महगो र नपाउने भएकाले त्यसको ह्याचरी सञ्चालन गरि चल्ला उत्पादन गर्ने लक्ष्य हो ।

    मासुको हिबासले पनि लोकल कुखुरा ७ सय रुपैया प्रतिकिलो, लौकाट २ हजार ५ सय रुपैया प्रतिकिलो, टर्कि २ हजार रुपैया प्रतिकिलो, कटकनाथ ३ हजार रुपैया प्रतिकिलो र गिरिराज ५ सय रुपैया प्रतिकिलो बिक्रि हुने गरेको बताए । योसँगसँगै गाईभैसी, बोयरजातको बाख्रा, हाँस, अष्ट्रिज पाल्ने लक्ष्य रहेको बताए ।

    त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालार्ई दुध, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ पशु तथा कुखुरा पालनका लागि प्रोत्साहित गर्न ब्यवसायीहरुलाई गोठ, खोर निर्माण तथा सुधारका लागि आर्थिक अनुदानको पनि ब्यवस्था गर्न लागेको र यसबाट ब्यवसायीहरु थप उत्साहित हुन सक्ने बताउँछन ।

    यो समाचार आजको राजधानी दैनिकमा ईश्वर तामाङले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...