News Portal

  • कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

    रासस
    ८१७ पटक

    ताप्लेजुङ, १४ मंसिर । विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा रहेका छन् । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो बनेका हुन् । “यस मौसममा हाम्रो होटलमा फाट्टफुट्ट स्वदेशी र विदेशी चार जनाबाहेक पर्यटक आएका छैनन, चैतमा नै होटलमा चाहिने सामान जोहो गरेर बसियो, पर्यटक नआएपछि फुर्सदमै दिन बित्यो”, उनले भने । कञ्चनजङ्गाको प्रवेशद्वार मानिने घुन्सामा सात वटा होटल छन् । सबै होटलले चैतमा नै आवश्यक सामान जोहो गरे र पर्यटकको सेवाका लागि तयार भए । तर यो वर्ष कोरोना सङ्क्रमणका कारण पर्यटकको आगमन नहुँदा ती होटल सुनसान देखिन्छन् ।

    सधैँका वर्षमा पर्यटकले खचाखच हुने होटल चैतमा नै ल्याइएका खाद्यान्नलगायतका सामानले भरिएका देखिन्छन् । घुन्साका मात्रै नभई तीभन्दा तलका बस्ती फले, ग्याब्ला, आम्जिलेसा, सेखाथुमलगायतका होटलसमेत सुनसान देखिन्छन् । यस मौसममा ज १२ जना विदेशी पर्यटक आएको घुन्साका टाँसी तेञ्जिङले जानकारी दिए । “सधैँका वर्षमा पाँच÷छ सय विदेशी पर्यटक आउँथे, दुवै मौसममा यहाँका होटल भरिभराउ हुन्थे, राम्रै आमदानी हुन्थ्यो तर यो मौसममा १२ जना विदेशी पर्यटक र फाट्टफुट्ट स्वदेशी पर्यटक मात्र आए”, उनले भने ।

    कञ्चनजङ्गा पदमार्गमा पर्ने विभिन्न बस्तीमा ठूलो लगानीका साथ होटल खोलिएका छन् । पछिल्लो समयमा वन्यजन्तुको आक्रमण, खर्क अभावलगायतले पशुपालन र उत्पादन न्यून हुँदै गएपछि आलुखेतीबाट दिक्क भएका स्थानीय होटल तथा पसल सञ्चालनमा केन्द्रित छन् । तर यो वर्ष सङ्क्रमणकै कारण पर्यटक नआउँदा भने आयस्रोतको बाटो नै बन्द भएको स्थानीय बताउँछन् । “पर्यटक नआउँदा होटल व्यवसायी मात्रै नभई समग्र यहाँका बासिन्दाको आम्दानी घटेको छ, त्यसमाथि यो वर्ष आलु उत्पादनसमेत राम्रो भएन, यसले आर्थिक मन्दी आउने भयो”, तेञ्जिङ शेर्पाले भने ।

    व्यसाय ठप्प हुँदा साहुबाट लिएको सामानको ऋण बुझाउनसमेत समस्या भएको स्थानीयवासीले बताए । मौसम शुरु हुनुअघि सदरमुकामलगायतका ठाउँबाट आवश्यक सामान लैजाने र मौसमको अन्तिममा साहु तिर्ने गरिए पनि यस वर्ष गत चैतमै जम्मा भएको खाद्यान्नलगायतका सामान अहिलेसम्म जस्ताकोतस्तै रहँदा समस्या भएको होटल व्यवसायीले बताएका हुन् ।

    कोरोना सङ्क्रमणका कारण चैतदेखि नै लकडाउन शुरु भएको थियो । चैतदेखि जेठसम्म पर्यटक आउने मौसम भएकाले कतिपयले चैतअघि नै सामानको जोहो गरेका थिए । कञ्चनजङ्गा पदमार्गमा पर्ने सेखाथुमदेखि घुन्सासम्ममा एक दर्जन बढी होटल रहेका छन् । उता पदमार्गमा नै पर्ने खम्बाचेन, लोनाकलगायतका होटलसमेत यो वर्ष सुनसान छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...