News Portal

  • भक्तपुर प्रहरीद्वारा दुई पाकेटमार रंगेहात पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ मङ्सिर
    ९९७ पटक
    भक्तपुर, १८ मङ्सिर

    भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

    बिहीवार मध्यपुर ठिमी नगरपालिका वडा नं.३ गठ्ठाघर स्थित बस स्टपमा गठ्ठाघरबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा एक यात्रीको पकेट मारिएको थियो । नगद रु ५० हजार पकेटमारी भएको भन्ने थाहा पाई गठ्ठाघर बस्ने बर्ष २९ को यमनाथ पौडेलले महानगरीय प्रहरी परिसर, भक्तपुरको कन्ट्रोल नम्बर १००मा जानकारी दिएका थिए । सूचना प्राप्त हुनासाथ पकेटमारी गर्ने व्यक्तिहरुलाई खोजतलास गर्दा दुई जनालाई नगद ५० हजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब निरीक्षक प्रकाश बगालेको कमाण्डमा खटिएको प्रहरी टोलीले कौशलटार बस स्टपबाट नियन्त्रणमा लिई तलासी
    गर्दा पकेटमारी भएको रकम रु. ५० हजार) सन्तोष लामाको साथबाट बरामद भएको र उक्त कार्यमा विकास राजबंशीले सहयोग गरेको खुल्न आएको डिएसपी दिपक गिरीले जानकारी दिए । विकास राजबंशी र सन्तोष लामा दुवैजना मिली पकेट मारेको सोधपुछको क्रममा पत्ता लागेपछि दुबैजनालाइ पक्राउ गरी नियन्त्रणमा राखिएको बताइएको छ । उनीहरुलाई कानुन बमोजिम नियन्त्रणमा लिई चोरीको कसुर अनुसार थप अनुसन्धान तथा कारवाही भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...