News Portal

  • गायक तथा संचारकर्मी कसपालको ‘एक अब्यक्त संघर्षको कथा’ सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० मङ्सिर
    २९१९ पटक
    भक्तपुर, २० मङ्सिर

    गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृत्तचित्र “एक अब्यक्त संघर्षको कथा” सार्वजनिक गरिएको छ । शनिवार एक विशेष समारोहबीच वृत्तचित्र सार्वजनिक भएको हो ।

    राधेराधे स्थित अतिथी बैक्वेटमा भएको उक्त कार्यक्रममा समाजका विशिष्ठ ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वागमती प्रदेश सभाका सदस्य शशिजंग थापा, चाँगुनारायण नगरका मेयर सोमप्रसाद मिश्र, मध्यपुर थिमीकी उप मेयर अन्जना देवी मधिकर्मी, सूर्यविनायककी उप मेयर जुना बस्नेत, नेपाल तयारी कपडा ब्यवसायी महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठ, वरिष्ठ गीतकार सुवाश चन्द्र ढुंगेल, सकारात्मक उत्प्रेरक सृष्टि केसी, शिक्षाकर्मी तथा मोर्डन स्कुलका प्रिन्सिपल अनिल कसपाल त्यसैगरी विभिन्न कलाकार र सामाजिक अभियन्ता लगायत सहभागी भएका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद शशिजंग थापाले जिन्दगीमा अझै धेरै काम गर्न बाँकी रहेको र श्रस्टा कपिल कसपालमा त्यो क्षमता र संभावना प्रचुर रहेको भन्दै प्रशंसा गरेका थिए भने बक्ता एवं उत्प्रेरक सृष्टि केसीले वृत्तचित्रबाट युवाहरुले प्रेरणा प्राप्त गर्ने बताइन् ।

    त्यसैगरी चाँगुनारायणका मेयर मिश्रले आफ्ना अनुभव पछिल्ला पुस्तालाई पस्कनु सकारात्मक प्रयास भएको भन्दै निरन्तर सफलताको लागि गायक कसपाललाई शुभकामना दिएका थिए भने मध्यपुर थिमिकी उपमेयर अन्जना देवी मधिकर्मी र सूर्यविनायककी उप मेयर जुना बस्नेतले कपिल कसपाल बहुमुखी व्यक्तित्व र सफा ह्दयको सामाजिक अभियन्ता भएको र उनीबाट युवा पुस्ताले सिक्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा वृत्तचित्रमाथि वरिष्ठ गीतकार सुवाश चन्द्र ढुंगेलले समालाेचनात्मक टिप्पणी गरेका थिए ।

    उक्त कार्यक्रमलाई नेपाल तयारी कपडा ब्यवसायी महासंघ का अध्यक्ष राम कृष्ण श्रेष्ठले पनि सम्बोधन गरेका थिए भने नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री ,चर्चित व्यंग्यकार चट्याङ मास्टर ,वरिष्ठ संगीतकार दिपक जङम, वरिष्ठ गायक दिपक खरेल लगायतले पठाएको शुभकामना सन्देश पनि बाचन गरिएको थियो ।

    उक्त अवसरमा श्रस्टा तथा गायक कपिल कसपालले वृत्तचित्र आफ्नो जीवन संघर्षको सार भएको भन्दै यसलाई हेरेरआफ्ना दर्शक,श्रोता तथा शुभचिन्तकहरुले आफूलाई अझै नजिकबाट बुझ्न र महशुस गर्न सक्ने विश्वास व्यक्त गरे ।

    डाक्टर इवामुरा हस्पिटल भक्तपुर तथा सिटिजन लाइफ इन्सुरेन्सले प्रायोजन गरेको कार्यक्रमलाई राग रागिनी इन्टरटेन्मेण्टले आयोजना गरेको थियोे । रेडियो मस्ती 87.9 बाट प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रम को संचालन गायक तथा भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रविण शाहीले गरेका थिए ।

    भिडियोको निर्माण केपी प्रोडक्सनले गरेको हो भने यसको निर्देशन, सम्पादन र क्यामेराको काम बिजेश बज्राचार्यले गरेका हुन । भिडियोमा स्वर गायक कसपाल स्वयंले भरेका छन् । वृत्तचित्रमा कसपाल आफूले जीवनमा कसरी दुखरुपी काडाँलाई पन्छाउदै यहाँसम्म आइपुगे भन्ने प्रेरणादायी सफलताको कथा कलात्मक किसिमले प्रस्तुत गरिएको छ ।

    हेर्नुस् भिडियाे ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...