News Portal

  • भक्तपुरमा पहिरो, १ जनाको मृत्यु २ जना घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ पुस
    १४६२ पटक
    भक्तपुर, ५ पुस

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । आज आइतवार दिउसो बाटो निर्माणको क्रममा पहिरो खस्दा मानवीय क्षती भएको हो ।

    माथिल्लो मगरचोक देखी बरदानेश्वर महादेव सम्म जाने बाटो निर्माण गर्ने क्रममा अचानक माथिबाट पहिरो खस्न गई त्यही बाटोमा काम गर्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाँउपालिका वडा नं. ४ घर भई हाल चाँगुनारायण ५ छाँयाबस्ती बस्ने वर्ष ३५ को निमा योञ्जनको निधन भएको प्रहरीले पुष्टि गरेको छ ।डिएसपी दिपक गिरीले दिएको जानकारी अनुसार अन्दाजी साढे २ बजे पहिरोमा परी गम्भीर घाइते योञ्जनको भक्तपुर अस्पतालमा उपचारको क्रममा करिब साढे ३ बजे ज्यान गएको हो ।

    पहिरोमा परेर गम्भीर घाइते भएका रामेछाप सुनापाती गाँउपालिका घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छाँयाबस्ती बस्ने बर्ष ५० को भुपालसिंह घिसिङ लाई थप उपचारका लागी टिचिङ अस्पताल पुर्याइएको छ भने बर्ष ४४ को प्रेम लामा डिस्चार्ज भैसकेका प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...