News Portal

  • युरिया मल प्रति बोरा रु. १ हजार भन्दा बढीमा बेचे कार्वाही हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ पुस
    १२८१ पटक
    भक्तपुर, ९ पुस

    किसानहरुका लागि सर्वसुलभ मल उपलब्ध गराए/नगराएको बारे भक्तपुर नगरपालिकाले अनुगमन गरेको छ । उपप्रमुख रजनी जोशीको नेतृत्वमा मल वितरण व्यवस्थापन समितिका पदाधिकारीहरुले विभिन्न तीन वटा मल विक्रेता सहकारी संस्थाहरुको अनुगमन गरेका हुन् ।

    अनुगमन टोलीले भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धि कृषि सहकारी संस्था लि. र सिद्धि गणेश सहकारी संस्था लि.को आपूर्ती व्यवस्थापनको अनुगमन गरेको जोशीले जानकारी गराइन । सम्बन्धित कर्मचारी र प्रबन्धकहरुलाई नेपाल सरकारले अनुदान दिएर सुपथ मूल्यमा कृषकहरुलाई उपलब्ध गराउन व्यवस्था गरेको रसायनिक मल व्यवस्थित ढंगले विक्री वितरण गर्न र भक्तपुर नगरपालिकाले निर्धारण गरे वमोजिम युरिया प्रति बोरा रु. १ हजार, डि.ए.पी प्रति बोरा रु. २हजार ४ सय ५० र पोटास प्रति बोरा रु. १हजार ८ सय ५० मा बेच्नको लागि निर्देशन दिइएको उनले जानकारी दिएकी छन् । निर्धारित मूल्य भन्दा बढी लिए कारवाही गरिने उनको भनाइ छ ।

    अनुगमनको क्रममा सहकारी संस्थाहरुमा बिल र्भपाई, नगदी रसिद र मल विक्री वितरण फाराम व्यवस्थित रुपले राख्न समेत अनुगमन टोलीले सहकारी संस्थाहरुलाई निर्देशन दिएको थियो । देशको कृषि उत्पादन बृद्धि गर्न नेपाल सरकारबाट अनुदान दिइ मल आपूर्ति गरी कृषकहरुलाई विक्री वितरण गर्न र सो को ‘नियमन र अनुगमन गर्न नगरपालिकाले एक मल वितरण व्यवस्थापन समिति नै बनाएको छ । मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ अनुसार गठित उक्त समितिले बिहीवार अनुगमन गरेको हो । भक्तपुर नगरपालिका मल वितरण व्यवस्थापन समितिका संयोजक एवं उपप्रमुख रजनी जोशीको नेतृत्वमा भएको अनुगमनमा भक्तपुर नगरपालिकाका मल वितरण व्यवस्थापन समितिका सदस्यद्वय प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुखको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...