News Portal

  • मेयर थापा १ महिनामा कोरोना मुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ पुस
    १०८६ पटक
    भक्तपुर, ९ पुस

    सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा १ महिनामा कोरोना भाइरस संक्रमण(काेभिड १९) मुक्त भएका छन् । गत मङ्सिर ९ गते संक्रमण पुष्टि भएका उनी आज पुस ९ गते संक्रमण मुक्त भएका हुन् ।

    संक्रमण पुष्टि भएपछि एक साता होम आइसोलेसनमा बसेका मेयर थापा श्वासप्रश्वासमा समस्या आएपछि अस्पाताल पुगेका थिए । निमोनिया भएको थाहा भएपछि एकसाता सम्म मेडिसिटि अस्पतालमा भर्ना भएर उनले निमोनिया निर्मुल पारेका थिए तरपनि उनको पिसिआर परीक्षण गर्द कोभिड नेगेटिभ प्राप्त हुन सकेन । कोभिड पोजेटिभ नै भएपनि स्वास्थ्य अवस्था सामान्य देखिएपछि उनी डिस्चार्ज भए र घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका थिए ।

    घरमा बसेर स्वास्थ्य लाभ गरिरहेका मेयर थापालाई ४ हप्ता सम्म कोभिडले छोडेन । यसबीच उनले २ पटक परीक्षण गराएका थिए ।  बिहीवारको तेस्राे परीक्षणमा भने कोभिड नेगेटिभ देखिएपछि उनी ढुक्क भएका छन् । मेयर थापाले आफूलाई एक महिनामा कोभिड नेगेटिभ भएको एक भिडिओ संदेश मार्फत सार्वजनिक गरेका हुन् ।

    नगर प्रमुख थापाले आफू नगरबासीलाई कोभिडबाट जोगाउन खटिएको र सोक्रममा आफैं संक्रमित भएको बताएका छन् । संक्रमणका कारण सेवामा रहन नसकेकोप्रति दु;ख व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्यको चिन्ता गर्दै शुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...