काठमाडौं, १६ पुस । उखु किसानको रकम भुक्तानी नगर्ने लुम्बिनी चिनी मिलका ‘सञ्चालक’ मनोज अग्रवाललाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।
अग्रवाललाई पश्चिम नवलपरासी पठाइने महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । चिनी मिल सुशीला गोयलका नाममा दर्ता भए पनि सबै कारोबार अग्रवालमार्फत् हुने गरेको जनाइएको छ ।
पक्राउ परिसकेपछि उखु किसानलाई दिन करिब अग्रवालले १ करोड रुपैयाँ जम्मा गरिसकेका छन् । अग्रवालले करिब १७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।