News Portal

  • नगर प्रमुख प्रजापतिद्वारा विद्यालय निरीक्षण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० पुस
    ११८५ पटक
    भक्तपुर, २० पुस

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर १० स्थित केहि विद्यालयको निरीक्षण गरेका छन् । सोमबार उनले विद्यालयहरुको स्थलगत निरीक्षण गरेका हुन् ।

    नगर प्रमुख प्रजापतिले निजी क्षेत्रद्वारा संचालित विद्यालयहरु समता शिक्षा निकेतन, इष्ट प्वाइन्ट, रोम्बस र पारागन एकेडेमीको स्थलगत निरीक्षण गरेका थिए । कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले गरेको विद्यालय बन्दको करिब ८ महिनापछि खुलेका विद्यालयको अवस्थाबारे बुझ्न उनी विद्यालयमा पुगेका नगरपालिकाले जनाएको छ ।

    निरीक्षणपछि नगर प्रमुख प्रजापतिले प्रधानाध्यापकहरुसँग भेट गरी विद्यालयको शैक्षिक अवस्था, स्वास्थ्य संवेदनशीलता, कक्षा सञ्चालन र त्यसको प्रभावकारीताबारे जानकारी लिएका थिए भने कोभिड-१९ को जोखिम अझै कायम भएकाले स्वास्थ्य सतर्कता अपनाउन र कक्षा संचालनमा तोकिएको मापदण्ड पूरा गरी आैपचारिकताका लागि मात्र नभइ प्रभावकारी कक्षा संचालन गर्न निर्देशन दिएका थिए । उक्त निरीक्षणमा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको पनि उपस्थिति रहेको थियो ।

    कोभिड-१९ महामारीका कारण देशैभर बन्द रहेको विद्यालय क्रमिक रुपमा खुल्दै गएका छन् । भक्तपुर नगरपालिकाका विद्यालयमा यसै महिनाबाट भौतिक रूपमै उपस्थित भई कक्षा सञ्चालन भइरहेका छन् । कोभिडको जोखिमलाई ध्यानमा राखी सबै विद्यार्थीलाई मास्क अनिवार्य गरिएको र सामाजिक दुरी कायम गरी आलोपालोमा कक्षा सञ्चालन भइरहेको वताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...