News Portal

  • सडक दुर्घटनामा परी दधिकोट निवासी न्यौपानेको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ पुस
    २१४३ पटक
    भक्तपुर, २१ पुस

    मंगलवार दिउसो करिब ३:३० बजेको समयमा सडक दुर्घटनामा परी दधिकोट निवासी नरहरि न्यौपानेको ज्यान गएको छ ।

    मध्यपुर ठिमी न.पा. वडा नं. ३ गठ्ठाघर स्थित उकालोमा भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु. २ ख. ६७८ नं. को एल.पि.ट्रकको पछाडीको भागले सोही दिशा तर्फ जादै गरेको बा. ८२ प. ९७३७ नं. को स्कुटीलाई ठक्कर दिदा न्यौपानेको ज्यान गएको हो । ठक्करबाट  सडकमा लडी सोही ट्रकको पछाडी पट्टिकोको चक्कामा पर्न गई स्कुटी चालक न्यौपानेको ज्यान गएको डिएसपी दिपक गिरीले जानकारी दिएका हुन् । अनन्तलिङ्गेश्वर प्रा.वि. का पूर्व प्रधानाध्यापक न्याैपाने  नेकपा दधिकोटका नेता समेत हुन् ।

    सूर्यविनायक न.पा. वडा नं. ४ दधिकोट बस्ने बर्ष ५८ को नरहरी न्यौपानेलाई उपचारको लागि नागरीक अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा सबा ४ बजेको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको बताइएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै सवारी साधन र एल.पि. ट्रक चालक जिल्ला रुपन्देही सियारी गा.पा.२ बस्ने बर्ष ४० को ओम प्रकाश चमारलाई महानगरीय प्रहरी बृत ठिमी भक्तपुरमा राखी अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...