News Portal

  • महेश बस्नेतहरु प्रधानमन्त्री ओलीको अन्तिम भोज सकिएपछि मुख छोप्दै फर्कने दावी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ पुस
    १९६४ पटक
    भक्तपुर, २३ पुस

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सूर्यविनायक नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक संसद विघटनविरुद्ध सशक्त प्रतिरोध गर्न आयोजित प्रशिक्षणात्मक भेला सम्पन्न भएको हो ।

    बिहीवार सूर्यविनायकस्थित एक सभाहलमा आयोजित प्रशिक्षणात्मक कार्यक्रममा नेताहरुले लोकतान्त्रिक गणतन्त्र खतरामा रहेकोले संघर्षको विकल्प नभएको बताएका थिए । सभालाई सम्बोधन गर्दै भक्तपुर जिल्ला सचिव समेत रहेका युवा नेता डिपी ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र सनकको भरमा पार्टी चोइटाएको आरोप लगाए । आफू बस्न नपाए प्रधानमन्त्रीको कुर्सी नै भाचिदिने अभिव्यक्ति दिएका प्रधानमन्त्रीको पछिल्लो कदम राजनीतिक चरित्र नभई व्यक्तिवादी संकीर्णता भएको उनको भनाइ छ ।

    भक्तपुरका निवर्तमान सांसद एवं ओली पक्षका प्रभावशाली नेता महेश बस्नेतलाई इंकित गर्दै सचिव ढकालले ओलीको पछि लागेर आफू बसेको घरमा नथुक्न चेतावनी समेत दिए । बस्नेत लगायत केही नेताकार्यकर्ताहरु सत्ताको स्वाद लिएर केपी ओलीको अन्तिम भोजमा सहभागी भैरहेको भन्दै उनले भोज सकिएपछि फर्कने घर नेकपा नै भएको दावी गरे । ”उता अन्तिम भोज चलिरहेको छ । अन्तिम भोज सकिनासाथ उहाँहरु फर्कनु हुनेछ ।” ढकालले भने । नेता ढकालले फर्कने बेला पछ्यौरीले मुख छोपेर फर्कने वातावरण नबनाउन आग्रह गर्दै गाली गलौजको सट्टा बिचार र राजनीतिक भाषण गर्न सुझाव समेत दिएका छन् । ”आफैले अध्यक्ष स्वीकार गरेको र पूर्वप्रधानमन्त्री रहिसकेका श्रद्येय नेताहरुप्रति उहाँहरु विष बमन गरिरहनुभएको छ । ओली कमरेडको अन्तिम भोज सकिएपछि उहाँहरु लाजले मुख छोप्दै मूल पार्टीमै फर्कनुपर्ने निश्चित छ ।” उनले भने ।

    कार्यक्रममा नेता रंजन केसी तथा ध्रुवराजले ओली पक्षको प्रलोभनका बाबजुद भक्तपुरमा उनीहरु अल्पमतमा रहेको बताए । आफूहरुले अध्यक्ष मानेका केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई पछाडी धकलेको उनीहरुको भनाइ छ । ओली अराजक भिडको नेतृत्व गरेर बाहिरिएका र यसबाट कम्युनिष्ट आन्दोलन बिचलित नहुने नेताहरुको दावी छ ।

    उक्त अवसरमा पार्टीका बागमती प्रदेश सचिवालय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले केपी ओलीले लामो तयारीपछि पार्टी अलग्याएको आरोप लगाए । पार्टी एकतापछि कमिटीहरु लथालिंग बनाइका, बैठकहरु नबसालिएका र प्रशिक्षणबाट कार्यकर्तालाई बिमुख बनाइएका घटनाक्रमबारे अवगत गराँउदै नेता श्रेष्ठले आफूहरुले अध्यक्ष स्वीकार गरेका केपी ओलीले राजनीतिक बेइमानी गरेको बताए । एमसीसी पास गर्ने उदेश्यले अध्यक्ष ओलीले पार्टी अलग्याएको दावी गर्दै उनले प्रधानमन्त्रीको त्यो अभिष्ट जनताले पुरा गर्न नदिने प्रष्ट पारे । जनताले संघर्ष र बलिदानीबाट बनाएको संविधान सभाद्वारा निर्मित संविधानको रक्षा गर्न र देशलाई दुर्घटनाबाट बचाउन अब एक ढिक्का भएर असंवैधानिक कदमको प्रतिरोध गर्न उनले आम कार्यकर्तालाई उत्प्रेरित गरेका थिए ।

    सभालाई सम्वोधन गर्दै भक्तपुर जिल्ला इन्चार्जसमेत रहेका नेकपाका केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्मले पार्टी केन्द्रमा बहुमत आफूहरुसंग भएको जानकारी गराउदै भक्तपुरमा समेत ओली पक्ष अल्पमतमा भएको भनेका छन् । केपी ओलीले भटाभट भर्ना गरेका म्यादी केन्द्रीय सदस्यले कुनै अर्थ नराख्ने भन्दै उनले ओली पक्षमा धेरैजसो लोभीपापी र स्वार्थ बोकेका व्यक्तिहरु भएकाले उनीहरु राजनीतिक शक्ति बन्न नसक्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले ३ पटक बजेट ल्याउदा समेत जनताको मन जित्ने नीति तथा कार्यक्रम ल्याउन नसकेको प्रति खेद प्रकट गर्दै उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथ्य नाङ्गाे आखाले नै देखिएको दावी गरे । जनपक्षीय कार्य गर्न र पार्टी केन्द्रको निर्णय बिपरित दीर्घकालिन महत्वको काम नगर्न गरिएको आग्रहलाई प्रधानमन्त्रीले काम गर्न नदिएको अर्थमा ब्याख्या गरी भ्रम फैलाउन प्रयास गरेपनि अेालीको ब्यक्तिबादी चिन्तन सबैको सामुन्ने आएको  उनले  बताए । उक्त अवसरमा जिल्ला इन्चार्ज भिष्मले प्रधानमन्त्री ओली र उनका समर्थक झैँ व्यक्तिगत गालीगलौजमा नउत्रन र जनतालाई राजनीतिक विचारद्वारा गलत प्रवित्ती र नियतबारे बुझाउन आम कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सूर्यविनायक नगर कमिटिका अध्यक्ष जीवन तजको अध्यक्षतामा संचालित कार्यक्रममा अनिल श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने सानुकान्छा आलेमगरले धन्यवाद ज्ञापन गरेका तथा प्रदेश सांसदद्वय डा राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठ लगायत नेकपाका नेताहरु समेत सहभागी भएका युवा नेता दिनेश थपलियाले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...