News Portal

  • गठ्ठाघरमा ४ दिनमै अर्को भयानक दुर्घटना : २२ वर्षीय युवकको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ पुस
    ११३६ पटक
    भक्तपुर, २६ पुस

    मध्यपुर थिमि वडा नं ३ गठ्ठाघरस्थित छ लेन सडकमा फेरि भयानक दुर्घटना भएको छ । गत मंगलवारको सडक दुर्घटनामा दधिकोट निवासी पूर्वशिक्षक नरहरि न्यौपानेले ज्यान गुमाएको ४ दिनमै गठ्ठाघरबासी अर्को दुखद दुर्घटनाको साझी बन्न बाध्य भएका छन् ।

    शनिवार साँझ २ वटा मोटरसाइकल एकापसमा ठोक्किदा एक युवकको ज्यान गएको हो । ज्यान गुमाउनेमा २२ वर्षीय युवक मनराज राई रहेका छन् । भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र.३-०२-०४प ७३२४ नं को मोटरसाइकल र सोही दिसा तर्फ जाँदै गरेको बा. ५३ प. ९८६४ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको एक स्थानीयले बताए ।

    डिएसपी दिपक गिरीले दिएको जानकारी अनुसार प्र.३-०२-०४ प. ७३२४ नं. को मोटरसाइकल चालक जिल्ला उदयपुर लिमचुङबुङ गा.पा. वडा नं. १ घर भई हाल मध्यपुर थिमि- १ लोकन्थली बस्ने बर्ष २२ को मनराज राईको ज्यान गएको हो ।

    चालक मनराज र उनकी दिदी बर्ष २४ की मनिकला राई गम्भिर घाइते भएको हुँदा स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि के.एम.सी. अस्पताल सिनामंगल पुर्याइएको र रातको करिब पौने ९ बजे मनराजको मृत्यु भएको चिकित्सकलाई उद्घृत गर्दै डिएसपी दिपक गिरीले जनाएका छन् ।

    मनराज संगै रहेकी मनिकला राइको उपचार भईरहेको र अर्का घाइते बा. ५३ प. ९८६४ नं. को मोटरसाइकल चालक जिल्ला रौतहट गौर न.पा. ८ घर भई हाल जिल्ला ललितपुर मंगलबजार बस्ने बर्ष ४१ को युवराज वि.क.को सामान्य उपचार पश्चात डिस्चार्ज भएका बताइएको छ ।

    घटनाको प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले आइतवार थाहा दिएको छ । छ लेन सडकमा बढ्दो दुर्घटना र ज्यान नै जाने जोखिम न्यूनीकरणका लागि प्रहरी गम्भीर रहेको एसपी तारादेवी थापाको जिकिर छ । घटनाबारे दुख व्यक्त गर्दै एसपी थापाले आफूले ट्राफिक प्रहरीलाई थप सक्रियताका लागि निर्देशन दिएको दावी गरिन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...