News Portal

  • खोलाको जग्गा खाने १७ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

    भक्तपुरपोस्ट संवाददाता ललितपुर, २६ पुस
    १५१० पटक
    ललितपुर, २६ पुस

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अख्तियारले उनीहरुविरुद्ध कूल २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्दा दायर गरेको हो ।

    यसैगरी अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, युरो ल्याण्ड डेभलपर्स प्रालिका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

    ललितपुर महानगरपालिका वडा नं. २३ स्थित सिलौटेमा पर्ने कर्मनासा नामको सार्वजनिक खोला एवं सो खोला आसपासको सरकारीरसार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीहरूको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक जग्गासमेत प्लटिङ्ग गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरुमाथि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

    यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि., यूरो ल्याण्ड डेभलपर्स प्रा.लि., काठमाडौं हस्पिटल प्रा.लि.का कम्पनीहरूका संचालकहरू तथा सरकारी कर्मचारीहरूको एकआपसको मिलेमतो र साँठगाँठ तथा बदनियतबाट सार्वजनिक जग्गा कम्पनीको जग्गामा घुसाई कम्पनीको जग्गा बढाई नियमविपरीत प्लटिङ गरी सर्वसाधारण व्यक्ति विशेषलाई शुक्रीबिक्री गरेका थिए ।

    शुक्रीबिक्री गर्दै हाल कायम रहेका जग्गाधनीहरू ज्योत्सना जोशीसमेत ३३ जना निजहरु देवी मिश्र, अरुणा झा, एपेक्स कलेज प्रा.लि.का प्रतिनिधि सोमनाथ प्रसाई, कुमारी कंचन साह, कृष्ण साल्की, गोपाल तिमल्सिना, तीर्थ बहादुर कार्की, त्रिलोक राज शाक्य, देव नारायण तिमल्सिना, नारायण देवी मानन्धर, निर्मला शाक्य, पूर्ण गोविन्द लाखे श्रेष्ठ, विरो देवी यादव, भुवनेश्वरी पराजुली, पंकज पराजुली, मिना कुमारी कार्की राउत, यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि.का गुणीकाजी मानन्धर, रस्मी महर्जन, राजेन्द्र प्रसाद रुपाखेती, राज्य लक्ष्मी अमात्य, राम दुलारी देवी साह, राम माया महर्जन, रुपा श्रेष्ठ, लोक बहादुर डंगोल, लोकेश महर्जन, शकुन्तला श्रेष्ठ, शुशिल मानन्धर, सरिता कुमारी ठाकुर, सुनिल मानन्धर, सुरेन्द्र कुमार मण्डल, सोनिया पोख्रेलसमेतलाई उल्लेखित सार्वजनिक जग्गा मिसिएको विक्री गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...