News Portal

  • प्रधानमन्त्री ओलीको विरोधमा भक्तपुरमा विशाल मोटरसाइकल र्याली

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ७ माघ
    २६३१ पटक
    भक्तपुर, ७ माघ

    आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ जनवर्गीय संगठनको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । युवा संघ नेपाल र अनेरास्ववियूको अगुवाइमा भक्तपुरमा मोटरसाइकल र्‍याली सम्पन्न भएको हो ।

    नेकपाले माघ ९ गते काठमाडौंमा गर्न लागेको जनप्रदर्शनको प्रचारका लागि भक्तपुरमा मोटरसाइकल र्‍याली भएको युवा संघ नेपालका भक्तपुर इन्चार्ज दिनेश थपलिया आक्रोशले जानकारी दिए ।

    भक्तपुरको नपलीस्थित १०८ रोपनीबाट सुरु भएको मोटरसाइकल र्‍याली सूर्यविनायक, जगाती, कमलविनायक, ब्यासी, सल्लाघारी हुँदै पुरानो बाटोबाट मध्यपुर थिमि, गठ्ठाघर पुगेको थियो । त्यसैगरी सो र्याली नयाँ बाटो हुँदै फर्किएर आएको थियो ।

    र्यालीमा युवा, विद्यार्थीलाई साथ् दिन नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्म, बागमती प्रदेश सचिवालय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर, पार्टीका जिल्ला सचिव डिपी ढकाल, जिल्ला सदस्यहरु श्यामसुन्दर बस्नेत,सानुकान्छा तामाङ्ग, रंजन केसी, दिलकृष्ण तज, युवराज आचार्य लगायतका नेताहरु समेत सहभागी रहेका युवा नेता विजय श्रेष्ठले बताए ।

    र्यालीमा प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गरेको भन्दै आम जनसमुदायलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि सडक संघर्षमा ऐक्यबद्धता र माघ ९ गते काठमाडौंमा गर्न लागेको जनप्रदर्शनमा सहभागिताको लागि आह्वान गरिएको सहभागी युवा नेता नरेश रंजीतले बताए ।

    मोटरसाइकल र्यालीमा सयौ मोटरसाइकल एकसाथ सडकमा कुदाइएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित नेकपाले विभिन्न विरोधका कार्यक्रम दैनिकजसो गरिरहेको छ ।

    सच्याइएकाे :  पुस ५ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । –सम्पादक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...