News Portal

  • भक्तपुरका सहायक सीडीओ दुर्गादत्त ढकालको असामयिक निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ माघ
    ३२३२ पटक
    भक्तपुर, ८ माघ

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो ।

    गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए । भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पताल रिफर गरिएको थियो । चितवनमै उनको निधन भएको हो ।

    स्याङ्जा जन्मघर भएका करिब ५५ वर्षीय ढकालका श्रीमती र २ छोरी छन् ।

    बुधवार जिल्ला प्रशासन कार्यालय, भक्तपुरले दिवंगत ढकालको स्मरणमा श्रद्धान्जली सभा आयोजना गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराइले ढकालको निधनले स्तब्ध भएको भन्दै दिवंगत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...