News Portal

  • नेवाः एकता दिवसका अवसरमा नेवाः स्वायत्त राज्यको राजनीतिक एजेन्डा

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौं, ९ माघ
    १२०९ पटक
    काठमाडौं, ९ माघ

    फाष्ट ट्रयाकको अन्तिम बिन्दु पुरानो ऐतिहासिक, मौलिक एवं सांस्कृतिक नगर खोकनामा पुगेर नेवा:आन्दोलनका अग्रजले नेवा: समुदाय आफ्नो सबै अधिकारका लागि एक ढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता प्रकट गरेका छन्।

    विभाजनबाट अधिकारको आन्दोलन कमजोर बन्ने हुँदा एकतामा जोड दिंदै एघारौ नेवाः एकता दिवसका अवसरमा यस्तो प्रतिवद्दता प्रकट गरेका हुन्। एघारौ नेवाः एकता दिवस ऐतिहासिक सांस्कृतिक नगर खोकनाको खुदोलमा वृहत रुपमा मनाइएको हो ।

    ने.सं. ११४१ पोहेलाथ्व नवमी (माघ ९ गते) आज शुक्रवार काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लाका नेवा: समुदाय आवद्ध संघ सस्था र प्रतिनिधिहरुको सहभागितामा सफलताकासाथ दिवस मनाइएको छ ।

    नेवाः देय् दबूका अध्क्षय तथा एघारौ नेवाः एकता दिवसका संयुक्त संयोजन समुह समेतका अध्क्षय नरेश ताम्राकारको सभापतित्वमा नेवाः एकता दिवस कार्यक्रममा राष्ट्रिय गान, नेवाः राष्ट्रिय गान, नेवाः संयुक्त गानको प्रस्तुतबाट सुभारम्भ गरिएको थियो ।

    सडक विस्तार, फास्ट ट्र्याक लगायतका सामाजिक मुद्दादेखि लिएर नेवाः स्वायत्त राज्यसम्मको राजनीतिक एजेन्डालाई पनि सशक्त ढङ्गले उठाउँदै नेवाः आन्दोलनलाई अघि बढाउने ताम्राकारले बताए।

    ‘नेवाः भूमिमा नेवाःलाई विभिन्न विकासे योजनाको नाममा विस्थापित गरिँदैछ, नेवाः बस्ती, नेवाः सम्पदा मास्न राज्य लागिपरेको देखिन्छ,’ ताम्रकारले भने, ‘अब अलग अलग मुद्दामा संघर्षरत समूहहरु एकै ठाउँमा भेला भई एकिकृत रुपमा आन्दोलन हुनेछ।’

    सरकारले खोकनाका ऐतिहासिक सम्पदा, इतिहास मास्दै बिना मुवब्जा विस्तापित बनाउन लागिएको फास्ट ट्र्याकविरुद्ध भइरहेको खोकनाबासीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै खोकनामै गएर नेवाः एकता दिवस मनाइएको नेवा : आन्दोलन अग्रजले बताए ।

    नेवाः एकता दिवसको व्यवस्थापन समुहका अध्क्षय नेपाल डंगोलले स्वागत मन्तव्य राखेका थिए।
    फाष्ट ट्रयाक परियोजनाका नाउँमा खोकनासंगै जोडिएको मौलिकता , इतिहास र सस्कृतिलाइ ध्वस्त बनाउने एतिहासिक पुरानो सहर कुरुप बनाउने योजना अनुसार सरकारले दस भन्दा धेरै परियोजना ल्याउन लागेको डंगोलले दावी गरे ।

    डंगोलले खोकना नगर भित्र रहेका गुथिं त्यहा रहेको भुमिको परिचय दिदै उपस्थत सबैलाई आफ्नो अधिकारका लागि एक धिक्का हुन आग्रह गरे।

    कार्यक्रममा नेवाः अग्रज पूर्व मन्त्री तीर्थराम डंगोल तथा अर्का अग्रज पुर्व राज्यमन्त्री दिलीप महर्जन, विभिन्न जातीय नेवाः समुदाय, नेवाः आन्दोलनका अग्रज ,संघ सस्थाका सबै समूह आवद्द सबैले नेवार समुदाय एक ढिक्का भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिका साथै परम्परागत धुँन्या ब्वज्या प्रस्तुति , लाखे नाच , परम्परागत खाना र खाजाका स्टलसमेत राखिएका थिए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...