News Portal

  • पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ती

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ माघ
    १६२४ पटक
    भक्तपुर, १५ माघ

    नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । भक्तपुरका नेता तथा निवर्तमान सांंसद बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको महासंघले आरोप लगाएको हो ।

    बुटवलमा माघ १३ गते आयोजित युवाहरूको भेलालाई सम्वोधन गर्ने क्रममा पूर्वमन्त्री बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाहरूले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएका महासंघको आरोप छ।

    ‘पत्रकारले समाचार लेखेका कारणले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो’ महासंघले विज्ञप्ति निकालेर भनेको छ, ‘पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ।’

    महासंघले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न एवं यस्ता कार्य नदोहोर्याउन पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।   प्रधानमन्त्री ओली पक्षधर रहेका नेता बस्नेत प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको पक्षमा जनमत निर्माण गर्न देश दौडाहामा ब्यस्त देखिएका छन् ।  उनले प्रधानमन्त्रीको कदमको हरसम्भव बचाउ प्रयास गर्दै आएका छन् ।  सोही सन्दर्भमा दिएको आफ्नो अभिव्यक्ति पछि बस्नेत आलोचित बनेका हुन् । यसबारे नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले  प्रेस बिज्ञप्तीमार्फत ध्यानाकर्षण गराएको हो ।                                                   

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...