News Portal

  • मध्यपुरमा घर बनाउनेक्रममा लड्दा एक मजदुरको मृत्यु

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ माघ
    १३२१ पटक
    भक्तपुर, १६ माघ

    मध्यपुर थिमि नगरपालिका वडा नं. ६ कुण्डोलस्थित ठाकुर अधिकारीले बनाउदै गरेको घरबाट लड्दा एक मजदुरको ज्यान गएको छ । निर्माणाधिन पक्की घरको दोस्रो तलामा काम गर्दा अचानक लड्न गई उनको ज्यान गएको हो ।

    ज्यान गुमाउने मजदुर बर्ष ४० को प्रेम मगर हुन् । कामको क्रममा गत शनिबार लडेर गम्भीर घाईते भएका उनलाई सहकर्मी कामदार समेतको सहयोगमा तत्कालै उपचारको लागी मध्यपुर अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उपचार हुदाहुदै  गएराती उनको निधन भएको भक्तपुर प्रहरीले जनाएको हो ।

    मृृृतक मगर काभ्रेपलाञ्चोको बेथानचोक ६ घर भई हाल भक्तपुरको मध्यपुर थिमि ६ कुण्डोल बस्दै आएका बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...