News Portal

  • दरवारमार्गमा उभिएर प्रधानमन्त्रीले दिए स्पष्टिकरण : राजतन्त्र फर्कदैन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ माघ
    ७४९ पटक
    भक्तपुर, २३ माघ

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-माधव समूहलाई देखाउन सभा गर्नुपरेको बताएका छन् । उनीहरुले आफूलाई लल्कारेपछि काठमाडौंमा जनसभा गर्नुपरेको उनको भनाइ छ । नारायणहिटी अगाडी ओली समूहकाे जनसभा शुक्रबार सम्पन्न भएकाे हाे ।

    सत्तारुढ दलले सत्ताको दुरुपयोग गर्दै शक्ति प्रदर्शनको नाममा जनतालाई दुख दिएको आरोप लागेपछि प्रम ओलीले सभालाई सम्बोधन गर्दै स्पष्टिकरण दिएका छन् । २/४ हजार मान्छे जम्मा गरेर को हो मुल पार्टी भनेर लल्कार्ने काम भएपछि आफूहरुले सभा गर्नु परेको ओलीको जिकिर छ । यो त कास्टिङ मात्र भएको भन्दै उनले काठमाडौंका सबै सडकमा स्क्रिन राखेर सभा गर्नुपर्ने दिन आउनसक्ने बताएका छन् ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने समेत स्पष्टिकरण दिए । नारायणहिटी दरबार संग्राहलय अगाडि उभिएर कतिपयले आफूले राजतन्त्र फर्किएको घोषणा गर्ने भनेर हल्ला चलाएको उनको भनाइ थियो । उनले अघि भने, जसले आधा दशकभन्दा बढी गणतन्त्रका लागि लड्यो, त्यो केपी आलीले राजतन्त्र फर्किएको घोषणा गर्छ रे ।’आफूहरुले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने उनले बताएका छन् ।

    त्यस्तै उनले निरंकुसताका लागि नभई ताजा जनादेशमा जान प्रतिनिधि सभा विघटन गर्नुपरेको स्पष्टिकरण दिएका छन् ।

    उनले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको दावी गरे । तर, उनले दावी गरेअनुरुप मानिस नभएपछि उनले त्यसकाे दाेष प्रचण्ड नेपाल पक्षलाइ दिए। सभामा आउन नदिन प्रचण्ड–माधव समूहले नेपाल बन्द गरेर तर्साउन खोजेको भन्दै उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न सकेन ।यो इतिहासकै ठूलो सभा भयो ।’आफूले जनसभा कस्तो हुने भनेर देखाइदिने घोषणा गरेका प्रम ओलीको सभामा अपेक्षा गरे अनुसार मानिस सहभागी नभएपछि उनले स्पष्टिकरण दिंदै यसो भनेका हुन् ।

    प्रमुख वक्ता रहेका प्रम ओलीले यस अघिका जस्ता आक्रामक र चोटिलो भाषण भने गरेनन्। प्रधानमन्त्री ओलीको भाषणमा उत्साह थिएन । धेरैजसो समय उनले स्पष्टिकरण दिंदै बिताए । आफूले विकास र समृद्धिको नेतृत्व गरेको दावी गर्दै उनले भाषण गर्दा सभालाई त्यसले तानिराख्न सकेको देखिएन । उनको तुलनामा यस पटक पूर्व माओबादी नेतासमेत रहेका ओली पक्षका प्रभावशाली नेता राम बहादुर थापाले आक्रामक भाषण गरे । गृहमन्त्री समेत रहेका उनले प्रचण्डलाई लक्षित गर्दै मांसहारी आन्दोलन गर्नेलाई जु’मा लगेर थुनीदिने चेतावनी दिए ।

    भक्तपुरका नेता एवं ओली पक्षका केन्द्रीय सदस्य महेश बस्नेतले भने सभामा स्वयम्सेवकको जिम्मा पाएका थिए । उनको नेतृत्वमा सभामा सहभागीले गरेका फोहोर उठाइएको थियो । उक्त पार्टीका भक्तपुर अध्यक्ष बचन देउजाले सभामा भक्तपुरबाट ब्यापक जनसहभागीता रहेको जानकारी गराएका छन् । उनले सभामा सहभागी भएर सभा सफलतापूर्वक सम्पन्न गराउन सहयोग गरेवापत सहभागीहरुलाई धन्यवाद समेत दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...