News Portal

  • विरोध सभामा भक्तपुरबाट सक्रिय सहभागिता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ माघ
    १३९८ पटक
    भक्तपुर, २८ माघ

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विरोध सभामा भक्तपुरबाट पनि सक्रिय सहभागिता देखिएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध आन्दोलित नेकपाको  अघिल्लाे विरोध सभाको तुलनामा भक्तपुरबाट बढी जनसहभागिता देखिएको हाे ।

    बुधवार राजधानीमा आयोजित विरोध सभामा भक्तपुरबाट करिब ३ हजार मानिसहरु सहभागि भएका छन् । काठमाडौ लैजान ४० वटा गाडी रिजर्भ गरिएका थिए भने मानिसहरु आफ्नै सवारी साधनबाट समेत विरोध सभामा पुगेका थिए । जिल्ला सचिव डिपी ढकालले भने सहभागिको संख्या अझ बढी भएको दावी गरेका छन् ।

    सहभागिको संख्याबाट जिल्ला नेताहरु उत्साहित देखिएका छन् । भक्तपुरका नेताकार्यकर्ता र जनता प्रधानमन्त्री केपी ओलीको प्रतिगमन विरुद्ध आन्दोलित बन्दै गैरहेको उनीहरुको बुझाइ छ । ”यस अघिको तुलनामा आज भक्तपुरबाट दोब्बर जनसहभागिता रह्यो । भक्तपुरको उपस्थिति र सक्रिय सहभागिताका लागि पार्टीको तफबाट हामी धन्यवाद र बधाई भन्न चाहन्छौं ।” ढकालले भने । भक्तपुरमा प्रधानमन्त्री केपी ओलीको प्रतिगमन विरोधी जनमत बढिरहेको उनले जिकिरसमेत गरे ।

    नेकपाका केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्मले नेतृत्व गरेको भक्तपुरको टोली बबरमहलबाट र्याली सहित कार्यक्रमस्थल पुगेको थियो । भक्तपुरको सास्कृतिक बाजागाजा बजाउदै अघि बढेको उक्त टोलीले प्रतिगमन बिरोधी नाराजुजुस गरेको थियो ।

    उक्त विरोध र्यालीमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज सोमप्रसाद मिश्रसमेत सहभागि रहेका थिए । जिल्ला पार्टीका कार्यक्रममा प्राय नदेखिएका चागुनारायण नगरपालिकाका मेयर समेत रहेका नेता मिश्र विरोध र्याली र सभामा भने पूरै सक्रिय देखिए ।

    कार्यक्रममा बागमती प्रदेशका सचिवालय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकर, जिल्ला नेताहरु प्रतिमा श्रेष्ठ, श्याम बस्नेत, युवराज आचार्य, सानुकान्छा तामाङ्ग,सुनिल बासु, जीवन तज, रञ्जन केसी लगायत नेता कार्यकर्ता र समर्थकहरुको सहभागिता रहेको थियो ।

    युवा संघका भक्तपुर इन्चार्ज दिनेश थपलिया आक्रोशको नेतृत्वमा रहेका युवाहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका युवा नेता दिपक दाहालले जानकारी दिए ।

    पुस ५ मा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमपछि सिंगो नेकपा विभाजित बनेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सत्तापक्ष नेकपाको विरुद्धमा अध्यक्ष प्रचण्ड र माधव नेपालको नेतृत्वमा आन्दोलनरत नेकपाले दोश्रो चरणको घोषित कार्यक्रम अन्तर्गत बुधवार शक्ति प्रदर्शन स्वरुप विरोध सभा गरेकाे हो ।

    बिरोध सभाका वक्ताहरुले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । बुधवार राजधानीको भृकुटीमण्डपमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै उनीहरुले उक्त कटाक्ष गरेका हुन् ।

    प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ गते सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते आफूले देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले नारायणहिटी अगाडी शक्ति प्रदर्शन गरेको थियो । ओली समूह सोचेजस्तो जनप्रदर्शन गर्न नसकी निराश रहेको अवस्थामा आन्दोलनरत पक्ष उत्साहित भएको हो । बुधवार ब्यापक जनसहभागिताबाट उत्साहित बक्ताहरुले बिरोध सभा ऐतिहासिक भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...