News Portal

  • भक्तपुरमा आज श्वासप्रश्वास पुनर्स्थापना केन्द्रकाे उद्घाटन

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २९ माघ
    १२९३ पटक
    भक्तपुर, २९ माघ

    दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले उपचार शुरु गर्ने भएको हो ।

    भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त पुनर्स्थापना केन्द्रको आज बिहीवार औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भक्तपुरका वरिष्ठ नेता एवं नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले सेवा संचालनकाे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हाे ।

    जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका वडा नं. ९ तुमचोमा निर्मित श्वासप्रश्वास पुन:स्थापना केन्द्रमा बिहीबारबाटै सेवा संचालन गर्ने तयारी गरिएको वडाध्यक्ष रवीन्द्र ज्याख्वले जनाएका हुन् । पहिलो चरणमा पुन:स्थापना केन्द्रको भवन निर्माण गरेको जिम्टेफले सेवा शुरु गर्न १ वर्ष अघि दोस्रो चरणको सम्झौता गरेको थियो । आज बिहिवार बिहान ११ बजेको औपचारिक कार्यक्रममा नेता बिजुक्छेंले केन्द्रको भवन र सेवा दुवैको उद्घाटन गर्ने बताइएको छ ।

    ‘जिम्टेफ’ जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था हो । केन्द्रको भवन निर्माण पछि त्यसमा चिकित्सा उपकरण खरिद गरी नेपाली चिकित्सकहरुलाई उपचार सम्बन्धि तालिम दिनेकार्य सम्पन्न भएको छ । केन्द्रमा जापानी विज्ञहरुको उपस्थितिमा उपचार हुने जानकारी भक्तपुर पोस्टलाई प्राप्त भएको छ ।

    जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था जिम्टेफको सहयाेगमा भक्तपुर नगरपालिकामा संचालन हुने केन्द्रले दुई देशका जनताबीचको सम्बन्धलाई थप सुमधुर पार्ने विश्वास गरिएको छ । बढ्दो वायु प्रदुषणसंगै बढेको श्वासप्रश्वास सम्बन्धि दीर्घ रोगीहरुलाई यसले राहत मिल्ने नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

    उक्त केन्द्रमा दीर्घ दमखोकी रोगका विरामीहरुलाई जापानी फिजियोथेरापी विधिबाट उपचार सेवा प्रदान गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...