News Portal

  • भक्तपुरको १० ठाउँमा मापसे जाँच

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, ३ फागुन
    १४१६ पटक
    भक्तपुर, ३ फागुन

    भक्तपुरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु ट्राफिक प्रहरीको फन्दामा पर्न थालेका छन् । कोभिड-१९ को जोखिमका कारण मापसे चेकिङ्ग नहुने अनुमान लगाउदै सवारी चलाउनेहरु ट्राफिक प्रहरीको फन्दामा पर्ने गरेका हुन् ।

    औसतमा दैनिक ५ जना सवारी चालक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी कारवाही गर्दै आएको महानगरीय ट्राफिक प्रहरी कार्यलय भक्तपुरले जनाएको छ । चेकिङ् प्वाइण्ट बनाएर चेकचाँज गर्दा दिनहुँ औसतमा ५ जना कारवाहीमा पर्ने गरेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशनपछि चेकिङ् कडा पारिएको ड्युटीमा खटिएका प्रहरीले बताएका छन् ।

    भक्तपुर ट्राफिक छ लेन सडकमा मात्र होइन, स्थानीय सडक र गल्लीमा समेत मापसे जाँचको मेसिन लिएर ड्युटीमा तैनाथ रहेको देख्न सकिन्छ । भक्तपुर ट्राफिकका प्रमुख रहेका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार जिल्लामा १० ठाउँमा मापसे जाँचका लागि प्रहरी परिचालन गरिएको छ । जाँचस्थल भने सधै एकै नहुने र त्यो फरक ठाउँमा रहने उनले जनाएका छन् । स्थानीयको गुनासो र मापसेकर्ताले प्रयोग गर्ने सम्भावित सडकलाई मध्यनजर गर्दै जाँच स्थल निर्धारण गर्दै आएको उनले जानकारी दिए ।

    मापसे जाँच  छल्ने चालकले दुर्घटनालाई भने छल्न नसक्ने जिकिर गर्दै न्यौपानेले मापसे गरेर सवारी चलाउदा सडकमा अरु समेत असुरक्षित हुने कुरामा गम्भीर बन्नुपर्ने आवस्यकता औल्याएका छन् । मापसे चाँजलाई अनावस्यक दुखका रुपमा नभई सडक सुरक्षाको रुपमा बुझ्न आम सवारी चालकलाई उनले अनुरोध समेत गरेका छन् । मापसे चेकिङ कडा पारिएको भन्दै प्रहरी निरीक्षक न्यौपानेले सबैलाई नियम अनुसार चल्न अपिल गरे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...