News Portal

  • भक्तपुरबाट चोरीएका मोटरसाइकल सहित अभियुक्तहरु पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ फागुन
    १२४८ पटक
    भक्तपुर, ५ फागुन

    भक्तपुरमा मोटरसाइकल चोरीको अभियोगमा एक दर्जन ब्यक्तिहरु पक्राउ परेका छन् ।चोरी भएका मोटरसाइकल सहित उनीहरू  पक्राउ परेका हुन् ।
    महानगरीय प्रहरी परिसर भक्तपुरलेे जनाए अनुुुसार गत पुस ६ गते सूर्यबिनायक ८ सिपाडोल बस्ने बर्ष २६ को किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३-०२-०१० प ७१४१ नं. २२० सि.सि. को पल्सर मोटरसाईकल चोरी भएको थियोे ।त्यसैगरी बाराही स्थानको उकालोबाटो स्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने बर्ष २२ को पेम्बा तामाङले डेरा कोठा अगाडी प्रदेश २-०२० प ८८२७ नं. २२० सि.सि. को पल्सर मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो ।                                                                                                                                                                                           खोजतलास गर्दै जाने क्रममा प्रहरीले ती मोटरसाइकल ओखलढुंगामा फेला पारेको र मोटरसाइकल संगै चोरीमा संलग्न ब्यक्तिहरु पनि पक्राउ परेेेका प्रहरी भनाइ छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगासंग समन्वय गरी खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त नं.को मोटरसाईकलहरु निम्न लिखित नामथर वतन भएका मानिसहरुबाट बरामद गरी  दुबै मोटरसाइकल चोरी कार्यमा संलग्नहरुको खोजतलास गर्दै जाँदा निम्नलिखित व्यक्तिहरुका साथै निम्नलिखित चोरीका मोटरसाइकल सहित फेला पारी थप अनुसन्धान कार्य भइरहेको
    बताइएको छ ।
    ओखलढुंगाबाट पक्राउ गरिएका अभियुक्तहरु (मिति २०७७/१०/२५ गते)
    जिल्ला ओखलढुंगा लिखु गा.पा. वडा नं. ९ बस्ने बर्ष २२ को कुल बहादुर तामाङ ।
    जिल्ला ओखलढुंगा खिजी देम्बा गा.पा. वडा नं. २ बस्ने बर्ष २८ को पञ्चमान तामाङ ।
    जिल्ला ओखलढुंगा लिखु गा.पा. ९ बस्ने बर्ष २४ को गोबिन्द गौतम ।

    मिति २०७७/११/०४ गते मध्यराती भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं. ७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. को २२० सि.सि. को हरी गोविन्द शिल्पकारको नाममा रहेको पल्सर मोटरसाइकल चोरी गरी लादै गरेको अवस्थामा निम्नलिखित अभियुक्तहरु पक्राउ परेका छन्

    निम्न :-
    जिल्ला दोलखा शैलुङ गा.पा. वडा नं. ४ घर भई हाल जिल्ला ललितपुर धोबिघाट बस्ने बर्ष २७ को अभिषेक योञ्जन ।
    जिल्ला दोलखा शैलुङ गा.पा. वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने बर्ष १९ को सुमन नेपाली ।

    मिति २०७७/११/०४ गते अन्दाजी १६:०० बजेको समयमा भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३-०२-०१७ प. ७०४८ नं. को २२० सि.सि. को कुमार श्रेष्ठको नाममा रहेको पल्सर मोटरसाइकल चोरी गरेर लादै गरेको अवस्थामा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट प्र.नि. सुदन के.सी.को कमाण्डको प्रहरी टोलीले निम्नलिखित दुई जना अभियुक्त सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।
    निम्न :-
    जिल्ला दोलखा शैलुङ गा.पा. २ घर भई भक्तपुर जिल्ला सुर्यविनायकमा बस्ने बर्ष बर्ष २३ को फुर्वा तामाङ ।
    ऐ.ऐ. घर भई हाल ऐ.ऐ. बस्ने निजको साथी बर्ष २१ को राजु तामाङ ।

    माथि उल्लेखित चार वटै मोटरसाइकलहरु भक्तपुर जिल्लाका भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको खुल्न आएको र सम्बन्धित मोटरसाइकल धनिहरु समेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा कानून बमोजिम थप अनुसन्धान भई रहेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...