News Portal

  • बुधवार साँझ मिनीट्रकबाट ओर्लेनेक्रममा घाइते भएका सुवाल रहेनन्

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ६ फागुन
    १०४१ पटक
    भक्तपुर, ६ फागुन

    भक्तपुरमा बुधवार साँझ मिनीट्रकबाट ओर्लेनेक्रममा घाइते भएका एक व्यक्तिले ज्यान गुमाएका छन् । उपचारको क्रममा उनको गएराती ज्यान गएको हो ।

    ज्यान गुमाउने व्यक्ति झौखेलका ४१ वर्षीय सूर्यमान सुवाल रहेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । झौखेलबाट ब्यासी तर्फ आउदै गरेको बा २ क ९०९९ नं.को मिनीट्रकमा सवार गरी सुवाल मिनीट्रकबाट झर्ने क्रममा सोही मिनीट्रकको अगाडीको बाँया साईडको चक्कामा पर्न गई ज्यान गएको प्रहरीले पुष्टि गरेको हो ।

    डिएसपी दिपक गिरीले जानकारी दिए अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ब्यासी बाट प्रहरी टोली खटी गई घाईतेलाई उपचारार्थ भक्तपुर अस्पताल पुर्याई प्राथमिक उपचार गरिएको थियो । त्यस पश्चात थप उपचारका लागी राति नै करिब ८ बजे धुलिखेल अस्पताल पठाईएकोमा धुलिखेल अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागी साढे ११ बजे के.एम.सि. अस्पताल सिनामंगल रिफर गरिएको बताइएको छ । उपचारकै क्रममा मध्यराती करिब साढे १ बजे सम्बन्धित चिकित्सकले सुवाल लाई मृत घोषणा गरेको दिएसपी गिरीले बताए ।

    ठक्कर दिने सवारी साधन र सवारी चालक रामेछाप दोरम्बा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण न.पा. २ झौखेल बस्ने वर्ष ४५ को सन्तवीर तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...