News Portal

  • टिपरको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ फागुन
    १३३१ पटक
    भक्तपुर, ८ फागुन

    टिपरको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको ज्यान गएको छ । बाटो काट्नेक्रममा टिपरले ठक्कर दिंदा पैदल यात्रुको ज्यान गएको हो ।

    ज्यान गुमाउने पैदल यात्रु सिन्धुपाल्चोक बलेफीका ३५ वर्षीय बलराम तामाङ रहेको प्रहरीको भनाइ छ । अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा ५ ख ४७९ नं. को टिपरले शुक्रवार राति करिब १० बजे उनलाई ठक्कर दिएको थियो । ललितपुर स्थित नाईटिङ्गेल बोर्डिङ स्कुलका चालक रहेका उनलाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएको तर राति करिब साढे १० बजे नै उनको ज्यान गएको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    तामाङ्गलाई ठक्कर दिने टिपर चालक पनि सिन्धुपाल्चोक कै हुन् । साँगाचोकगढी -११ घर भएका २९ वर्षीय टिपर चालक सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...