News Portal

  • संविधानको रक्षा गर्नु युवाहरुको दायित्व

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ फागुन
    ८९६ पटक
    भक्तपुर, ११ फागुन

    प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले संसद विघटन बिरुद्धको आन्दोलनमा पहल लिन युवाहरुलाई निर्देशन दिएका छन् । युवाहरुले आन्दोलनको अगुवाई गर्नुपर्नेमा जोड दिंदै उनले सक्रियतापूर्वक पहल लिन निर्देशन दिएका हुन् ।

    सोमबार मध्यपुर थिमिमा राष्ट्रिय युवा संघ नेपाल, भक्तपुरको आन्दोलन तयारी बैठकमा बोल्दै इन्चार्ज प्रजापतिले प्रधानमन्त्री केपी ओलीको असंबैधानिक कदम विरुद्ध युवाहरु जाइलाग्नुको विकल्प नभएको बताए । युवाहरु उदाउदो सूर्य भएको भन्दै उनले आन्दोलनले नेता जन्माउने समेत जिकिर गरे । केपी ओलीको असंबैधानिक कदम विरुद्ध देशभरका बौद्धिक व्यक्तिहरु र नागरिक समाज पनि आन्दोलित रहेकाले युवाहरुको एक धक्काले नै ओलीतन्त्र ढल्ने उनको दावी छ ।

    केपी ओलीले प्रतिनिधि सभा मात्र बिघटन गरेको नभई व्यवस्था नै ध्वस्त गर्न खोजेको तथ्य युवाहरुले बुझ्नुपर्ने उनले बताए । ” नेकपा यतिबेला यसकारण आन्दोलित भएको होकी प्रधानमन्त्री ओलीले संबिधान सभाबाट बनेको ऐतिहासिक संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै ध्वस्त पार्ने प्रक्रिया शुरु गरेका छन् ।” इन्चार्ज प्रजापतिले प्रष्ट पारे ।

    जनताको गास, बास, कपास त्यसैगरी शिक्षा, स्वास्थ्य र रोजगारीलाई संविधानले मौलिक हक मानेको र यसको रक्षा गर्नु आम युवाहरुको दायित्व हुने उनले बताए । त्यतिमात्र होइन, पुरानै केन्द्रीकृत सामन्तबादी राज्यसत्ता र दलाल नोकरशाही पूजीबादी व्यवस्थाका लागि प्रधानमन्त्री ओलीले प्रयत्न गरिरहेको उनले आरोप लगाएका छन् । गणतन्त्र, समानुपातिक र समाबेशीको कुरा धर्म निरपेक्षताका कुरा लगायत परिवर्तनका कुरा उल्टाउने प्रधानमन्त्रीको प्रयास विफल गर्न युवाहरुले आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्ने नेता प्रजापतिले बताए ।

    उक्त अवसरमा बागमती प्रदेश सभाका सदस्य समेत रहेका नेकपा भक्तपुरका नेता डा राजेन्द्रमान श्रेष्ठले सरकारको प्रतिगमन विरुद्ध युवा जागरुक बन्नुपर्ने र आन्दोलनको कार्यभार दायाँ बायाँ नगरी पूरा गर्नुपर्ने बताए । त्यसैगरी जिल्ला कमिटी सदस्य श्याम बस्नेतले युवाहरुसंग सिंगो पार्टी भएको भन्दै युवाहरुले पार्टी भावना अनुरुप आन्दोलनको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गरेका थिए ।

    त्यसैगरी पार्टीका जिल्ला सदस्य, राष्ट्रिय युवा संघका केन्द्रीय नेता एवं भक्तपुर इन्चार्ज दिनेश थपलिया आक्रोशले युवाहरुको काधमा ऐतिहासिक जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्नु अहिलेको आवश्यकता भएको भनेका थिए । भक्तपुरमा रहेका ओली पक्षका नेता महेश बस्नेतको हाउगुजी नपाल्न निर्देशन दिंदै उनले बस्नेत मात्र होइन, उनका अध्यक्ष केपी ओली पनि क्रान्तिकारी युवा देखेर अत्तालिसकेका जिकिर गरे । आफूहरु संविधान र लोकतन्त्र रक्षाको पक्षमा रहेकाले कोही देखि डराउनु नपर्ने उनको भनाइ छ । ”महेशजी अब केन्द्रीय नेता बन्ने छाट सकियो । प्रतिगमनको पक्षमा लागेर उहाँ आफै पनि निरास हुनुहुन्छ । उहाँको हाउगुजी हटाएर भक्तपुरका क्रान्तिकारी युवाहरुलाई आन्दोलनको अग्रमोर्चामा ल्याउन आग्रह गर्दछु ।” युवा प्रतिनिधिहरुलाई उनले भने ।

    कार्यक्रममा युवा नेता दिपक बिसुन्खेले बैठक १४ गते राजधानीमा गरिने मार्च पासको तयारीका लागि भएको भन्दै भक्तपुरको संगठनले गर्नुपर्ने तयारे बारे बताएका थिए । कार्यक्रममा सहभागी संगठनका जिल्ला नेताहरुले  प्रतिगमन नसच्चिए सम्म युवाहरुले संघर्षको मोर्चा नछोड्ने प्रतिवद्धता प्रकट गरेका थिए । त्यसैगरी उक्त बैठकले २ सय १ सदस्यीय युवा परिचालन कमिटी बनाएको युवा नेता एवं बैठकका संचालक दिपक थापाले जानकारी दिए ।

    उक्त बैठकमा पार्टी सचिव डिपी ढकाल, जिल्ला नेता रञ्जन केसी लगायतको समेत उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...