News Portal

  • प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर भएसंगै भक्तपुरमा दिपावली

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ फागुन
    १२९० पटक
    भक्तपुर, ११ फागुन

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । मंगलवार सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

    सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ‘ब्युँतिएको’ छ ।फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ ।

    प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसंगै देशभर दिपावली गरिएको छ । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै आन्दोलनरत दल प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता र नागरिक समाज लगायत आन्दोलनरत पक्षले खुशीयाली प्रकट गर्दै दिपावली गर्नुका साथै शुभकामना साटासाट गरेका छन् ।

    यसैबीच मंगलवार साँझ भक्तपुरमा पनि दिपावली गरिएको छ । भक्तपुरको बिभिन्न ठाउँमा दिपाओली गरिएको हो । सर्वोच्चको फैसलाको स्वागतमा मानिसहरुले स्वस्फुर्त सार्वजनिक स्थलहरुमा भेला भई शुभकामना साटासाट गरेका थिए ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताकार्यकर्तामा सर्वोच्चको फैसलाले दिएको खुशी स्पष्ट देखिन्थ्यो । राष्ट्रिय युवा संघ र अनेरास्वियू लगातात जनवर्गीय संगठनको अगुवाइमा चोक चोकमा खुशीयाली मनाइएको युवा संघका भक्तपुर इन्चार्ज दिनेश थपलिया आक्रोशले बताए ।

    भक्तपुर इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य दिलिप प्रजापति भिष्म,सहइन्चार्ज सोमप्रसाद मिश्र, बागमती प्रदेशका नेता देवेन्द्र श्रेष्ठ दिवाकर, पार्टी सचिव डिपी ढकाल, प्रदेशसांसद द्वय प्रतिमा श्रेष्ठ र डा राजेन्द्रमान श्रेष्ठ जिल्ला सदस्यहरु श्याम बस्नेत, रजन केसी, युवराज आचार्य, सुनिल बासु, जीवन तज लगायतका नेताहरुकाे उक्त अवसरमा सहभागीता रहेकाे थियाे ।

    तस्वीरमा हेर्नुस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...