News Portal

  • सम्पादकीय : सलाम सर्वोच्च, खतरा टरेको छैन

    भक्तपुर, ११ फागुन
    १०५६ पटक
    भक्तपुर, ११ फागुन

    प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ । संविधान र व्यवस्थालाई मजबुद बनाउन यो एक कोशेढुंगा सावित हुनेछ । मंगलवार सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेसंगै देशमा राजनीतिक अस्थिरता र निरंकुशताको खतरा टरेको हो । यद्यपी न्यायालयको निर्णय नै नमान्न सक्ने सम्भावना भने सकिएको छैन । यसमा सबै न्यायप्रेमी सचेत बन्नैपर्छ ।

    सर्वोच्चले मंगलवारको ऐतिहासिक निर्णयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ब्युँताएकाे छ । फैसलामा समयसीमा नै तोकेर १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी भएको छ । तर योबीच सरकारको तर्फबाट यसका बिरुद्ध षड्यन्त्रका तानाबाना नबुनिएलान् भन्न सकिने अवस्था छैन ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेर न्याय जिउँदो रहेको संदेश दिएको हाे । सत्ताबाट गरिएका सेटिङ्ग लाई परास्त गर्दै न्यायालय सत्य र संविधानको पक्षमा उभिएर नेपालको न्यायालयको गरिमालाई विश्वसामू उचो बनाएको महसुस भएकाे छ । शासकको स्वेच्छाचारिता बिरुद्ध सर्वोच्चले जनताको पक्षमा फैसला सुनाएपछि जनताहरुमा न्यायालय प्रतिको विश्वास बढेको विश्वास गर्न सकिन्छ । जनता यतिबेला देशभर खुशीयाली मनाईरहेका छन् । सर्वोच्चको निर्णयको स्वागतमा नागरिक समाज खुशीले नाचेको छ । यो बिरलै पाइने अवसरमा न्यायालय चुकेन र अन्तत: शासकका स्वेच्छाचारिता बिरुद्ध आफ्नो न्यायको बिगुल फुक्यो । यसका लागि न्यायालयप्रति उच्च सम्मान र अभिभादन छ । सलाम सर्वोच्च अदालत !

    प्रधानमन्त्री ओली निकट उनका नेताकार्यकर्ता बाहेक कोहीपनि उनको असंबैधानिक कदमको पक्षमा थिएनन र छैनन् । यहाँसम्म की उनको पक्षमा परिवर्तन र गणतन्त्रका बिरोधीहरुलाई बोलाएर अदालतमा बहस गराइएको थियो भने केही कानुन व्यवसायीले बाध्यताबस बहस गरेका देखिन्थे । उनी पक्षधर कानुन व्यवसायीको वकालतमा दम थिएन भने उनीहरु उत्साहित समेत थिएनन् । रुपमा पार्टी भित्रको बिबाद देखाउन खोजिएपनि संसद विघटन परिवर्तनकारी र परिवर्तन बिरोधी बीचको लडाई थियो । लामो बलिदानी पछि प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थाको घाटी निमोठ्ने प्रयास अन्तत: सर्वोच्च अदालतले असफल बनाईदिएको छ । यसका लागि सलाम सर्वोच्च !

    कानुनी राज्यको विगुल फुकेपछि अन्यायले मुन्टो उठाउन सक्नेछैन । यदि उठायो नै भनेपनि कानुनी कठघेरामा ल्याइ सजायको फैसला सुनाउन न्यायालय पछि हट्ने छैन भन्ने प्रत्याभुती पनि प्राप्त भएको छ । यो वा त्यो बहानामा फेरिपनि संविधान र व्यवस्था बिरोधी हर्कत भए चेतावनीको स्वर मात्र होइन, कानुनको डण्डा बर्साउन सक्ने साहस न्यायालयमा निहित रहेको प्रधानमन्त्री केपी ओलीले जतिसक्दो चांडो बुझ्दा उनका लागि आगामी दिन सहज हुनेछ । सर्वोच्चको आदेश बिनाआनाकानी पालना गर्नु सरकार प्रमुख र राष्ट्रप्रमुखको कर्तब्य भएको भुल्न हुँदैन । लहडमा सत्ता चलाउने दुस्साहस उनीहरुले नगरेकै राम्रो । अन्यथा, इतिहास निर्मम भएको हामीले देखेसुनेको र पढेकै विषय हो ।

    शासक सत्ता उन्माद्ले स्वार्थी र बहुलठ्ठी भए अदालतको पनि केहि लाग्दैन । संविधान र लोकतन्त्रमाथि अझै खतरा टरेको भने छैन । आत्तिएर वा मात्तिएर गरिनसक्ने थप कदमलाई  रोक्न जनता जागरुक हुनैपर्छ । सचेतता र सतर्कतापूर्वक जनताले अझैपनि न्याय र परिवर्तनको पक्षमा खबरदारी गर्नु जरुरी देखिएकाे छ ।

    याे पनि

    सम्पादकीय : प्रधानमन्त्रीको उल्टो यात्रा

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...