News Portal

  • १५ शिक्षक कर्मचारीहरु सम्मानित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन
    ९५६ पटक
    भक्तपुर, १७ फागुन

    ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं वार्षिकोत्सवको अवसरमा उनीहरु सम्मानित भएका हुन् ।

    सम्मानित हुने शिक्षक कर्मचारीहरुमा अञ्जन छुस्यावाग, विमल प्रधान, केशब तमखू, सुरेन्द्रभक्त सुवाल, उज्वला सुवाल, ज्ञानेन्द्रप्रसाद गाईजू, कृष्णश्वरी सुवाल, राजकुमार बखुन्छे, उमा भट्ट, जयराम सुवाल, कृष्णराम किसी, राजेन्द्र सुवाल, सुभद्रा लघु, रामकृष्ण प्रजापति र कृष्णप्रसाद ग्वाछा रहेका छन् । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले सम्मान गरेका हुन् ।

    वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले विश्वविद्यालय तहमा राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरु कमी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै असल भावनाले राजनीति गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

    बौद्धिक व्यक्तिहरुलाई राजनीतिबाट टाढा राख्ने षड्यन्त्र भइरहेको उनको भनाइ छ । निस्वार्थ सेवा भाव भएका राजनीतिकर्मीको देशलाई खाँचो रहेको उल्लेख गर्दै उनले युवा पुस्तालाई राजनीतिमा आउँन आह्वान समेत गरे ।

    उक्त अवसरमा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले शासक दलहरुले भागवण्डाको राजनीति गरिरहेकोले जनताले दुःख पाइरहेको बताएका थिए । नेपालको प्रदेश प्रदेश संरचना प्रति असन्तोष प्रकट गर्दै सांसद सुवालले हिमाल, पहाड र तराई सहितको प्रदेश संरचना आवश्यक रहेको जिकिर गरे ।

    कार्यक्रममा ख्वप मा.वि. तथा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भनपा प्रमुख सुनिल प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न आफ्ना शिक्षालय देशमै उदाहरणीय रहेका दावी गरे । देशभरका झण्डै ६ हजार विद्यार्थी अध्ययनरत ती शैक्षिक संस्थाहरु स्थानीय तहबाट सञ्चालित नेपालकै पहिलो र नमूना शैक्षिक संस्थाहरु भएको उनको भनाइ छ ।

    त्यसैगरी बागमती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले विद्यार्थीहरुलाई कुलतमा नफस्न सुझाव दिदै नयाँ पुस्तालाई कुलतबाट जोगाउन राजनीतिले मद्दत गर्ने स्पष्ट पारे ।

    कार्यक्रममा भक्रपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ,भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारादेवी थापा, राष्टिय परीक्षा बोर्ड काठमाडौं कार्यालयका कार्यालय प्रमुख जयन्ती सत्याल, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले भक्तपुरको शैक्षिक अवस्था र ख्वप मावि/कलेजकाे याेगदान बारे बाेलेका थिए । कार्यक्रममा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशाष्त्र गरी चारवटै संकायमा दश जोड दुईदेखि स्नातकोतर तहसम्मको कक्षागत रुपमा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...