News Portal

  • भक्तपुरमा सामाजिक सुरक्षा भत्ता शुक्रवारसम्म : पहिलाे दिनमै ३ करोड ७६ लाख वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ फागुन
    २१६३ पटक
    भक्तपुर, १९ फागुन

    भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यस वर्षको दोस्रो चौमासिकको भत्ता वितरण भईरहेको छ । आ.व. २०७७/७८ को दोस्रो चौमासिक(मङ्सिर देखि फागुन)सम्मको सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम भक्तपुरमा वितरण भईरहेको हो ।

    वडा कार्यालयमार्फत उक्त वितरण कार्य भईरहेको भक्तपुर नगरपालिकाले भक्तपुरपोस्टलाई जानकारी गराएको छ । आज बुधवारदेखि सम्बन्धित वडा कार्यालयमार्फत भत्ता बुझ्न सकिने बताइएको छ । आज पहिलो दिन नगरपालिकाले सबै वडामा गरी कूल ३ करोड ७६ लाख ९४ हजार छ सय वितरण गरिएको जनाएको छ । नगरभित्र सबैभन्दा बढी वडा नम्बर ४ मा ६४ लाख १२ हजार २ सय बुधवार वितरण गरिएको छ ।

    वडा नं. १ बाट ३२ लाख ७ हजार दुई सय, वडा नं. २ बाट २९ लाख ५६ हजार, वडा नं. ३ बाट ३२ लाख ५० हजार, वडा नं. ४ बाट ६४ लाख १२ हजार दुई सय, वडा नं. ५ बाट ४० लाख, वडा नं. ६ बाट ३७ लाख ३० हजार चार सय, वडा नंं ७ बाट ४१ लाख ५० हजार, वडा नं. ८ बाट १९ लाख २५ हजार, वडा नं. ९ बाट ४८ लाख १९ हजार र वडा नं. १० बाट ३२ लाख ४४ हजार ८ सय रकम गरी कूल ३ करोड ७६ लाख ९४ हजार छ सय वितरण गरिएको थाहा भएको छ ।

    सामाजिक सुरक्षा तथा आर्थिक सहायता वितरण कार्य यही फागुन २१ गतेसम्म हुने उक्त कार्यमा खटिएका भक्तपुर नगरपालिकाका एक कर्मचारीले बताएका छन् । उनले समयमै आफ्नो भत्ता र सहायता संकलन गर्न समेत सेवाग्राहीलाई आग्रह गरे ।

    सामाजिक सुरक्षा भत्ता ७० वर्ष माथिका जेष्ठ नागरिकलाई प्रदान गरिन्छ भने दलितको हकमा ६० वर्षका जेष्ठ नागरिकले सो भत्ता प्राप्त गर्न सकिने प्रावधान छ । त्यसैगरी एकल महिला, अपाङ्गता भएका व्यक्ति र विशेष रुपले संरक्षित बालबालिकाले पनि भत्ता प्राप्त गर्दछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...