News Portal

  • कोभिड असरका बाबजुद खेलकुद : भक्तपुरमा अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ फागुन २०७७
    ८१९ पटक
    भक्तपुर, २१ फागुन २०७७

    भक्तपुर नगरपालिकाले गत वर्ष झैँ यस वर्ष पनि अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको छ । भक्तपुर नगरपालिकाले यो वर्ष कोभिड-१९ असरका बाबजुद खेलकुद प्रतियोगितालाई निरन्तरता दिने भएको हो ।

    शुक्रवार नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रमका बीच नगर प्रमुख सुनिल प्रजापतिले अन्तर नगर खेलकुद प्रतियोगिता र नगरब्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइएको सार्वजनिक गरेका छन् । शहीद दिवसको अवसरमा अघिल्ला वर्षमा झैं यो वर्ष पनि खेलकुद प्रतियोगिताको आयोजना गरिने उनले सार्वजनिक गरेका हुन् ।

    यस वर्ष भने भक्तपुर नगरपालिकाले अन्तर नगर खेलकुद प्रतियोगितामा बुद्धिचाललाई अघि सारेको उनले बताए । फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्मको समय तोकेर भक्तपुर नगरपालिकाले अन्तरनगर बुद्धिचाल प्रतियोगिता संचालन गर्न लागेको उनले स्पष्ट पारे ।

    उक्त प्रतियोगितामा सातै वटा प्रदेशको प्रतिनिधित्व हुने र हालसम्म २ दर्जन नगरपालिकाले नाम दर्ता गराइसकेको उनले जानकारी दिए । प्रमुख प्रजापतिका अनुसार नाम दर्ताको समय अझै रहेकाले नगरपालिकाको संख्या बढ्ने सम्भावना समेत रहेको छ । अन्तर नगर खेलकुद प्रतियोगिताले आपसी भाइचारा र आत्मीयता बढ्ने उनले विश्वास व्यक्त गरेका छन् । भक्तपुरबारे बुझ्न र यहाँको कला सस्कृती र सौन्दर्यको प्रचारप्रसार हुनुका साथै आन्तरिक पर्यटनको बिकासमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

    त्यसैगरी विद्यालय स्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीलाई शारिरीक र मानसिक रुपले तन्दुरुस्त राख्न मद्दत मिल्ने उनले बताए । भक्तपुर नगरपालिकाले खेललाई महत्वका साथ् अघि बढाएको स्मरण गर्दै उनले आफूहरुले स्थानीय पाठ्यक्रममा समेत समावेश गरी स्थानीय खेलहरुको संरक्षण र खेलाडी उत्पादनमा जोड दिएको दावी गरे । ”भक्तपुर नपाले खेलकुद महोत्सवको रुपमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आएको छ र यसबाट खेलाडीहरु प्रोत्साहित भएका छन् ।’’प्रमुख प्रजापतिले प्रष्ट पारे ।

    आफूहरु संग खेल मैदानको लागि जग्गा अभाव रहेकाले सोचे जत्ति गर्न नसकेको प्रति दुख व्यक्त गर्दै उनले विद्यालयमा पढाई संगै खेलकुदलाई प्रभावकारी बनाएर लैजान हरसम्भव प्रयास भैरहेको बताए । प्रत्येक वडामा सार्वजनिक ब्यायाम शाला बनाएर खेलप्रति नगरबासीलाई जागरुक बनाएको स्मरण गर्दै उनले स्वस्थ जीवनका लागि खेलकुदको महत्व रहेको चर्चा गरेका थिए ।

    उक्त अवसरमा खेलाडी समेत रहेका वडा नं. १ का वडाध्यक्ष एवम् नगरपालिकाको युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आयोजनाको औचित्व, महत्व र संचालन तयारीबारे प्रकाश पारेका थिए ।

    वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले संचालन गरेको कार्यक्रममा उपप्रमुख रजनी जोशी, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...