News Portal

  • गठ्ठाघर र सूर्यविनायकमा शाखा बिस्तार गरेको पशुपति सहकारी संकटमा

    भक्तपुर, २४ फागुन
    २०४६ पटक
    भक्तपुर, २४ फागुन

    सदस्यको बचत सञ्चालकले जथाभावी लगानी गर्दा गम्भिर आर्थिक संकटमा पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ फसेको छ । ललितपुर मूख्य कार्यालय रहेको यस सहकारीले भक्तपुरको गठ्ठाघर र सूर्यविनायकमा समेत शाखा बिस्तार गरेको छ ।

    सहकारीका सिद्धान्त अनुसार सदस्यहरुबाट संकलन गरेको बचत सदस्यहरुबीचमा नै परिचालन गर्नुपर्छ । तर, पशुपति सहकारीका सञ्चालकले कानुनी विपरित गई जथाभावी घरजग्गामा रकम लगानी गर्दा संस्था वित्तीय संकटमा परेको हो । घर जग्गामा संस्थाले गरेको लगानी डुबेपछि सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् ।

    संस्थामा एक लाखसम्म बचत गर्ने सदस्यको संख्या ४ हजार ८ सय ५३ जना रहेको छ । उनीहरुको मात्रै १७ करोड २२ लाख १८ हजार ३ सय २ रुपैया २९ पैसा बचत छ । त्यसैगरी ५ लाख रुपैयाँसम्म बचत गर्ने सदस्य २ हजार १ सय २६ जना रहेका छन् । उनीहरुको ४२ करोड ६६ लाख ७७ हजार ३ सय २९ रुपैयाँ ४४ पैसा रहेको छ । त्यसैगरी १० लाखभन्दा बढी बचत रहेको १ हजार १ सय ६७ सदस्य रहेका छन् । उनीहरुको बचत १ अर्ब २३ करोड ५० लाख ६७ हजार ६ सय ५२ रुपैयाँ रहेको छ । संस्थाले सदस्यको बचत फिर्ता गर्नुपर्ने १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार २ सय ८३ रुपैयाँ ७३ पैसा रहको छ । तर, संस्था पैसा फिर्ता गर्न सक्ने अवस्थामा छैन ।

    संस्थाले फागनु ६ गते विशेष साधारणसभा गरेको थियो । उक्त सभाले व्यवस्थापन समिति गठन गरी घरजग्गा र नगद मिलाएर बचत फिर्ता गर्ने जानकारी सदस्यलाई गराएको थियो । संस्थाले विजेन्द्र पसाछेँको संयोजकत्वमा २ कर्मचारी र ३ जना शेयरसदस्य रहेको व्यवस्थापन समिति गठन गरिने जनाएको भएपनि हालसम्म त्यस विषयमा आधिकारिक जानकारी गराएको छैन ।

    बचत फिर्ता नदिएर जग्गा दिने तयारी

    संस्थाले बचत फिर्ता दिन नसकेपछि जग्गा दिने तयारी संस्थाले गरेको छ । जग्गाको भैतिक पूर्वाधार र ठाउँको आधारमा चलनचल्तीको मुल्यमा न्यूनतम प्रति घरेडी १० लाखदेखि सुरु हुने जनाएको छ । जग्गा विक्रि गर्दा टुक्रा र थोक जग्गाको मूल्य समेत फरक हुने जनाएको छ । पैसा फिर्ता गर्न नसकेपछि जग्गा लिन सदस्यलाई संस्थाले अनुरोध गर्दै आएको छ ।

    संस्थाले नारायणघाट, धुलिखेल, चन्द्रनिगाहपुर, भैंसेपाटी, लामाटारलगायतका स्थान जग्गा खरिद गरेको छ । तर, जग्गा संस्थाको नाममा वा सञ्चालकको नाममा छ भन्ने विषय यकीन हुन सकेको छैन । संस्थाले विक्री गर्न लागेका प्लटहरु हेर्न जाने सदस्य र गैर सदस्यहरुलाई यातायातको व्यवस्था गर्ने जनाएको छ । पैसको सट्टा जग्गा लिनको लागि नाम रजिष्टर पनि सुरु भएको एक सदस्यले बताए ।

    २ सञ्चालकद्वारा राजिनामा

    संस्था आर्थिक संकटमा फसेपछि २ सञ्चालकले राजिनामा दिएका छन् । सञ्चालक सदस्य राजिव सिं कंडेल र प्रफुल्ल बहादुर श्रेष्ठले राजिनामा दिएका छन् । तर सञ्चालक समितिले उक्त राजिनामा अस्वीकृत गरेको छ । राजिनामा आएको कुरा साधारणसभामा जानकारी गराईएको  सहकारी खबरले लेखेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...