News Portal

  • निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

    इभक्तपुर संवाददाताभक्तपुर ,२०७७ फागुन २९ गते, शनिबार
    ६७९ पटक
    भक्तपुर ,२०७७ फागुन २९ गते, शनिबार

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन स्कूल अफ कम्प्युटर इन्सिच्युटले सञ्चालन गरेका भिडियोग्राफी, फोटोग्राफी, वेभ पेज डिजाइन, अकाउन्टिं प्याकेजलगायत विभिन्न तालिमका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा प्रशंसा पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।

    प्रमाणपत्र वितरण गदैं नगर प्रमुख प्रजापतिले नयाँ नयाँ प्रविधिको प्रयोगबाट नयाँ जीवनउपयोगी सीपन र ज्ञान सिक्ने अवसर प्राप्त भएको बताए । कानुनको अज्ञानता क्षम्य नहुने भन्दैै प्रजापतिले फोटोग्राफी आफैमा निकै महत्वपूर्ण पेशा भएको र औचित्यपूर्ण र अर्थपूर्ण फोटोग्राफीले व्यक्तिलाई सफलता हासिल गर्न मद्दत पुर्याउने बताए । नगर प्रमुख प्रजापतिले फोटोग्राफी र भिडियोग्राफी निकै संवेदनशील विषय भएको हुँदा जथाभावी फोटो खिच्ने, भिडियो खिच्ने प्रवृत्तिले साइबर अपराधको संख्या बढाइरहेको कुरालाई जोड दिदै प्रजपतिले आफ्नो ज्ञान र सीपको प्रयोग जिम्मेवारीपूर्वक प्रयोग गर्न मार्गनिर्देश गरे ।

    कार्यक्रममा उपस्थिति प्रशिक्षार्थीहरुलाई व्यक्तिकेन्द्रित प्रवृत्तिले समाज र देशलाई फाइदा नहुने भन्दै मेयर प्रजापतिले आफ्नो ज्ञान र सीप समाज केन्द्रित ढंगले अगाडि बढाउन प्रेरित गर्दै आफ्नो पेशामा सफल बन्न इमानदारिता, अनुशासन र नैतिकताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले तालिमबाट सिकेको सीप र ज्ञानबाट समाजको सेवा गर्न प्रेरित गर्दै युवाहरु देशको राजनीतिक घटनाक्रमबारे सचेत र जानकार हुनुपर्ने बताए । कवांले प्रविधिको माध्यमबाट देश र समाजलाई अगाडि बढाउने नयाँ युवा पुस्ताको खाँचो रहेको कुरालाई जोडदै भक्तपुर नपाले युवाहरुलाई सीपमूलक तालिम सँगसँगै व्यवहारिक ज्ञान पनि सिकाइरहेको छ भने ।
    इन्सिच्युटका निर्देशक एवम् कार्यक्रमका सभापति बालकृष्ण वनमालाले भक्तपुर लगायत देशका विभिन्न जिल्लाका प्रशिक्षार्थीहरुलाई इन्सिच्युटले विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको बताए । निओ फ्युजनले प्रशिक्षार्थीहरुको सीप र दक्षताको आधारमा प्रमाणपत्र वितरण गर्दै आइरहेको वनमालाले बनाए ।

    कार्यक्रममा भिडियोग्राफीका प्रशिक्षक श्रीकृष्ण तुईतुई, वेभ पेज डिजाइनका प्रशिक्षक निरञ्जन बेकोजु, कम्प्युटरका प्रशिक्षक राधा ब्यान्जु र कार्यक्रम सञ्चालिका सन्ध्या हेंग्वजुले पनि आ आफ्नो धारणा राखेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि प्रजापति र वडाध्यक्ष कवांले इन्सिच्युटले सञ्चालन गरेका विभिन्न तालिमका प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई प्रशंसा पत्र र प्रमाणपत्र वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...