चाँगुनारायण नगरपालिकाले युवा उद्यमशीलता विकासका लागि दिने ऋणका लागि युवाहरूको नामावली प्रकाशन गरेको छ । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएका , विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम थालनी गरेको बताइएको छ । उक्त उद्यमशीलता विकास कार्यक्रम थालनी नगरपालिकाको सातौं नगरसभाबाट पारित कार्यक्रम हो ।
मेयर उद्यमशीलता अन्तरगत गत फागुन २१ र २२ गते गरेको अभिमुखीकरण कार्यक्रमपछि लिएको परीक्षामा सफल युवाहरूको नामावली प्रकाशन गरेको नगरपालिकाले जनाएको छ ।
प्रकाशित नामावली निम्न छन् ।