News Portal

  • पत्रकारको पारिश्रमिक सिफारिस गर्ने सरकारी समितिमा भक्तपुरका टीभी संचालक श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ चैत २०७७
    ९५० पटक
    भक्तपुर, ६ चैत २०७७

    श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारणका लागि सरकारलाई सिफारिस गर्न बनेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नमस्ते ख्वप टेलिभिजनका संचालक ऋषिकेश श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सूचना तथा संचार मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त गरेको हो ।

    सूर्यविनायक १ सिरुटार निवासी श्रेष्ठ नृत्य निर्देशक समेत हुन् । उनी सत्तारुढ नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेत निकट मानिन्छन् । उनीसंगै प्रेस चौतारीकी नेतृ एवं पत्रकार महासंघ सिन्धुलीकी उपाध्यक्ष बिमला पाण्डे पनि समिति सदस्यमा नियुक्त भएकी छन् । समितिको अध्यक्षमा यस अघि नै प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल नियुक्त भएका छन् ।

    श्रमजीवी पत्रकार ऐन, २०५१ पहिलो संशोधन २०६४ अन्तर्गत न्यूनतम पारिश्रमिक निर्धारण समितिको ब्यवस्था भएको हो । यसले श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गर्न तथा त्यस्तो पारिश्रमिक रकम आवश्यकता अनुसार पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने कार्य गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...