News Portal

  • भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु

    भक्तपुर संवाददाता६ चैत्र,२०७७
    २०२६ पटक
    ६ चैत्र,२०७७

    भक्तपुरमा कोरोना भाइरसको कारण थप एकजनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नपाका एकजना पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

    यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या १ सय २८ पुगेको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए । उनका अनुसार भक्तपुरमा ८३ पुरुष र ४५ महिलाको संक्रमणको कारण मृत्यु भएको छ ।

    भक्तपुरका चार नगरपालिकामध्ये सबैभन्दा बढी भक्तपुर नपाका ४५ जना संक्रमितको मृत्यु भएको छ । यहाँका २९ पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

    मध्यपुर थिमि नपाका २८ पुरुष र १४ महिला गरी ४२ जना संक्रमितको मृत्यु भएको छ । सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ ले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...