News Portal

  • भक्तपुरले देशैभर सकारात्मक संदेश दिनेगरी सर्वसम्मत नेतृत्व छान्नुपर्नेमा पत्रकारहरुको जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ चैत २०७७
    ११३१ पटक
    भक्तपुर, ८ चैत २०७७

    नेपाल पत्रकार महासंघको नजिकिएको निर्वाचनमा केन्द्रीत रहेर भक्तपुरका अग्रज पत्रकारहरुले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका छन् । फुटेर भन्दा जुटेर नै पत्रकार र पत्रकारिताको मुद्दा बलियो बन्ने भन्दै उनीहरुले सर्वसम्मत नेतृत्वमा जोड दिएका हुन् ।

    आइतवार सूर्यविनायकस्थित रफत सञ्चार क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले महासंघको निर्वाचनलाई संख्या प्रदर्शनको रुपमा सिमित नगरी महासंघलाई सालिन र साझा मंच बनाउन पहल गर्नुपर्ने प्रष्ट पारे । महासंघको कमिटी भित्र प्रत्येक सदस्यले अपनत्व महसुस गर्नसक्ने नेतृत्व हुनुपर्ने उनीहरुको भनाइ छ ।

    कार्यक्रममा पत्रकार महासंघ काठमाडौं उपत्यका प्रदेश कमिटीका सचिव अमर भुजु, नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका वर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, संस्थापक सभापति रमेश खड्का, पूर्व सभापति विकलप्रसाद श्रेष्ठ, क्रियाशिल पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस संगठन नेपाल भक्तपुर शाखाका सहसंयोजक संजीप शुभचिन्तक, हाम्रो समाज साप्ताहिकका सम्पादक मणिराम लामिछाने,पत्रकार महासंघ भक्तपुर शाखाका पूर्व सचिब जगत प्रजापति,रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापा लगायतले भक्तपुरले केन्द्र र देशैभरका शाखालाई सकारात्मक संदेश दिनेगरी एकतावद्ध भएर योग्य र सर्वसम्मत नेतृत्व छान्न गृहकार्य गर्नुपर्ने बताए ।

    श्रमजीवी पत्रकारहको हकहितको पक्षमा आवाज बुलन्द गर्न, स्वरोजगारमूलक साना लगानीका सञ्चार माध्यमको संरक्षण एवं सम्वर्द्धन गर्न, समानुपातिक बिज्ञापन प्रणाली लागू गराउन, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा गर्न, पत्रकार आचार संहिताको पालना तथा स्व-अनुगमन गराउन, पत्रकारका लागि खोज पत्रकारिता एवं क्षमता बिकासमा तालिम र कल्याणकारी कोष तथा सृजनात्मक कार्यक्रम संचालन गर्नसक्ने सवल एवं सक्षम नेतृत्वको सर्वसम्मत चयन गर्नु नै अहिलेको आवश्यकता भएको भन्दै अग्रज पत्रकारहरुले सबै पत्रकारहरुले यसका लागि एकतावद्ध भएर विवेकपूर्ण निर्णय लिनपर्ने आवश्यकता समेत औल्याए । हाम्रो भन्दा राम्रो, नजिकको भन्दा न्यायिक, व्यक्तिगत भन्दा सामुहिक हितको भावना भएको सवल, सक्षम र साझा नेतृत्वलाई महासंघको निर्वाचनमा सर्वसम्मत निर्वाचित गराउनुपर्ने उनीहरुको भनाइ छ ।

    नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गतेका लागि तोकिएको छ । महासंघको निर्वाचन पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमा देशभर एकैपटक हुँदैछ । चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

    यस्ता छन् आकांक्षी

    भक्तपुरमा वर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी पुन: उम्मेदवार बन्ने मनस्थितिमा रहेका छन् भने वर्तमान कार्यसमितिमा सहसचिव रहेका सुन्दर सिल्पकार समेत अध्यक्षमा दावी गरिरहेका छन् । उनलाई पूर्वअध्यक्ष नारायण किलम्बु र अग्रज पत्रकार कविर राणाको साथ् रहेको छ । त्यसैगरी प्रभावशाली मानिएका पूर्व सचिव जगत प्रजापतिले आफ्नो प्यानल समेत खडा गरेको बुझिएको छ । अर्का पत्रकार डोलेश्वर दैनिकका सम्पादक पेशल आचार्य र अग्रज पत्रकार मणिराम लामिछाने समेत अध्यक्षको दौडमा रहेको दावी गर्छन । उनीहरु सबै प्रेस युनियनका हुन् ।

    पत्रकार रमेश गिरीले आफूलाई बाम उम्मेदवारको रुपमा अघि सार्ने संकेत गरेका छन् । क्रियाशिल पत्रकार मंचको अध्यक्ष समेत रहेका राससकर्मी गिरीले न्युट्रल मत समेत आफूले पाउने आश गरेका छन् । तर, उनी आवद्ध प्रेस चौतारी पनि उनलाई अध्यक्ष गराउनेमा एकमत देखिदैन । प्रेस संगठन नेपालका सहसंयोजक एवं भक्तपुर पोस्टका सम्पादक संजीप शुभचिन्तक भने अध्यक्षको दौडमा छैनन् । उनले भक्तपुर शाखालाई साझा बनाउन पत्रकारका सबै पेशागत सस्था र समुहलाई संयोजन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनमा नेतृत्व चयन सर्वसम्मत हुने वा नहुने भन्नेमा पूर्व सभापतिहरु, वरिष्ठ पत्रकारहरु र पत्रकार संघसंगठनका नेताहरुको हात हुने रफत संचार क्लबका अध्यक्ष एवं भक्तपुरन्युजका सम्पादक सुशीलबन्धु थापा बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...