News Portal

  • सृजनानगरमा ग्याँस सिलिन्डर पड्किदा ६ घाइते : थप उपचारका लागि किर्तिपुर पुर्याइयो

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, ९ चैत
    १२५१ पटक
    भक्तपुर, ९ चैत

    सूर्यविनायक-५ सृजनानगरस्थित एक खाजा पसलमा एलपी ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा भयानक दुर्घटना भएको छ । स्थानीय शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा रहेको भिमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्केर आगलागी भएको हो ।

    आइतवार साँझ करिब सबा ६ बजेको समयमा उक्त घटना हुँदा होटल संचालक टिकाराम बस्नेत र ग्राहकहरु समेत ६ जना घाईते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घाइतेहरुलाई प्राथमिक उपचारार्थ डा. ईवामुरा अस्पताल सल्लाघारी र मध्यपुर अस्पताल ठिमी पठाईएको र उनीहरुको थप उपचारका लागि काठमाडौं रिफर गरी उपचार भैरहेको डिएसपी दिपक गिरीले जानकारी दिए ।

    डा.ईवामुरा अस्पतालमा पुर्याइएका होटल संचालक दोलखा सैलुङ-६ घर भई हाल सूर्यविनायक-४ दधिकोट बस्ने वर्ष ३९ को टिकाराम बस्नेतको टाउको,हातखुट्टा र छातीमा जलेको छ । दोलखा सैलुङ-६ कै कोटेश्वर बस्ने वर्ष ३३ को राजेन्द्र कार्कीको अनुहार ,दुवै हात,ढाड र छातीमा जलेको छ । उनी संचालकको आफन्त भएको बुझिएको छ । अर्का आफन्त कोटेश्वर बस्ने वर्ष ३९ की गीता कार्कीको दुवै हात , छाती,मुख र दुवै खुट्टा जलेको छ । उनीहरु तीनै जनालाई थप उपचारका लागि बेलुकी ७ बजे नै किर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर गरिएको थाहा भएको छ ।

    त्यसैगरी मध्यपुर अस्पतालमा पुर्याइएका झापा विश्वशान्ति गा.पा.२ घर भई हाल सल्लाघारी भक्तपुर बस्ने वर्ष १९ को आदित्य सुवेदीको दुवै हात,अनुहार,ढाडमा जलेको छ । सूर्यविनायक -५ कटुन्जे बस्ने वर्ष १७ को विकास पौडेलको दुवै हातखुट्टा र ढाडमा जलेको छ । सूर्यविनायक -५ कटुन्जेकै वर्ष १६ को हिमुन्स थापाको दुवै हात अनुहारमा जलेको बुझिएको छ । उनीहरु तीनैजना ग्राहक खाजा खान उक्त होटलमा गएका थिए । उनीहरुलाई पनि आइतवार साझ पौने ८ बजे किर्तिपुरको बर्न सेन्टर अस्पताल रिफर गरी उपचार भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...