News Portal

  • माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठक सम्पन्न : निष्कृयलाई अल्टिमेटम, संगठनमा जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० चैत
    १७७२ पटक
    भक्तपुर, १० चैत

    सर्वोच्च अदालतको आदेशपछि साविक पार्टीमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले बिस्तारित बैठक सम्पन्न गरेको छ । मंगलवार ब्यासीमा जिल्ला संगठन समितिको बिस्तारित बैठक सम्पन्न भएको हो ।

    उक्त बैठकमा सहभागीहरुले नेकपा(एमाले) संगको एकता र सम्बन्ध विच्छेदबारे सवालजवाफ गरेका बताइएको छ । एकता र सम्बन्ध विच्छेद बीचको समय र त्यसयता जिल्लामा भएका राजनीतिक गतिविधिहरु र त्यसले पारेको प्रभावबारे ‘फिल्ड रिपोर्टिंग’ समेत भएको थियो । बैठकमा भक्तपुरका चारवटै नगरपालिकाको तर्फबाट पार्टीको अवस्था रिपोर्टिंग गरिएको थियो । भक्तपुर नगरपालिकाबाट उमा कपाली, सूर्यविनायक बाट जीवन तज, मध्यपुर थिमी बाट बालकृष्ण दुगुजु र चाँगुनारायण बाट रामशरण दाहालले रिपोर्टिंग गर्दै सर्वोच्चको आदेशले नेता निराश भएपनि कार्यकर्ता उत्साहित भएको बताएका एक सहभागीले जनाएका छन् । विगतमा पार्टी एकतापछि एक पटक पनि जिल्ला बैठक बस्न नसकेको र नगर कमिटी गठन समेत हुन नसकेको स्मरण गर्दै उनीहरुले त्यो संगठन अन्तत सकिने लाइनमै भएकोले निरास नबन्न उल्टै नेताहरुलाई अर्ती दिए । बैचारिक एकता बिना नै भिडको नेता बन्न खोज्दा भयानक दुर्घटना भएको र त्यसले माओवादी आन्दोलनलाई भने राम्रो नै गरेको उनीहरुको निष्कर्ष छ । ”चाँगुका सच्चा र इमान्दार कार्यकर्ता यसबाट खुशी नै छन् । पार्टीलाई माओवाद छोड्ने छुट अब छैन ।” चाँगुनारायणका इन्चार्ज दाहालले भने ।

    पार्टीको सरकार हुँदा जनविरोधी कार्य भएको र त्यसको विरोध गर्न नसक्दा जनताका मुद्दा ओझेलमा परेको कर्यकर्ताहरुले गुनासो गरे । ”हामीले भक्तपुरमा दिव्येश्वरी जग्गा एकीकरण र हनुमन्ते करिडोरको सवालमा जनतालाई साथ् दिन सकेनौं । आफ्नै पार्टीका गृहमन्त्रीले हाम्रो कुरा सुनेनन् । अब जनतालाई लिएर संगठन लाई पुनर्निमाण गर्नुपर्ने चुनौती हामीलाई छ ।” मध्यपुर थिमीको रिपोर्टिंग गर्दै स्थानीय नेता बालकृष्ण दुगुजुले भने ।

    त्यसैगरी भक्तपुर नगरको रिपोर्टिंगका क्रममा उमा कपालीले भक्तपुरबाट केहि नेताहरु एमाले तिर गएका र केहि निष्क्रिय भएका जानकारी गराउंदै यसले संगठनलाई कमजोर बनाउन सक्ने भएकाले संगठन निर्माणमा जोड दिनुपर्ने आवस्यकता औल्याइन् भने सूर्यविनायकका जीवन तजले नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेतको प्रभाव र प्रलोभनका बाबजूद बस्नेतको गृह नगर सूर्यविनायकको संगठन एकढिक्का रहेकाले पार्टीको संगठन विशुद्ध बैचारिक रहेको र बिचलित बन्नुपर्ने अवस्था नभएको बताएका थिए ।                                       

    नेताले गरे नबिग्रिने प्रतिवद्धता

    नेकपा(माओवादी केन्द्रको) भक्तपुर जिल्ला संगठन समितिको १५ औं विस्तारित बैठकलाई सम्बोधन गर्दै बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले अब आफूहरु नबिग्रिने प्रतिवद्धता प्रकट गरे । काम गर्ने नेताकार्यकर्ता भन्दा वरिपरि रहेर गुणगान गर्ने नेताकार्यकर्ताका कारण पार्टी नेतृत्वले सहि निर्णय लिन र उचित जिम्मेवारी दिन नसकेको जिकिर गर्दै अध्यक्ष दाहालले सोहीकारण सक्षम नेताकार्यकर्ता पाखा परेका र संगठन ध्यस्त बनेको बताए । ‘अब हामी सबै सच्चिऔं, सहि व्यक्तिलाई सहि ठाउँको जिम्मेवारी दिएर फेरि नेकपा (माओवादी केन्द्र) को संगठनलाई उचाईंमा पुर्याऔं ।” उनले भने ।

    उक्त अवसरमा नेता दाहालले तत्कालिन पार्टी एकता र नेकपा निर्माण माओवादी केन्द्रले सहि नियतले गरेको भएपनि तत्कालिन अध्यक्ष केपी ओलीले त्यसलाई गलत उदेश्यमा प्रयोग गर्न खोजेको र त्यसमा सहभागी हुन नमानेपछि यो अवस्था आएको दावी गरे । अध्यक्ष प्रचण्डले पहिल्यौं प्रधानमन्त्रीको आधा आधा सहमती छोडिसक्दा पनि पदको झगडा भनेर प्रचार गरिएको र सांगठनिक कुरालाई ओझेलमा पार्ने प्रयास भएको स्मरण गर्दै उनले ओली प्रवित्ति कम्युनिष्ट विरोधी भएको बताए । प्रदेश अध्यक्ष दाहालले ओली गुटको एमालेमा लागेका नेताकार्यकर्ता प्रतिगमनकारी भएका र उनीहरु नेपालको० कम्युनिष्ट इतिहासमा कलंकित बन्ने दावी गर्दै त्यस्ता पात्रहरुलाई पार्टीले प्रतिस्थापन गर्नुको बिकल्प नभएको बताए ।               

    कार्यक्रममा नेकपा(माओवादी केन्द्र) का भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले भक्तपुरमा पार्टी संगठनलाई पहिलो प्राथमिकता दिएर काम गर्न निर्देशन दिए । प्रत्येक वडा र नगरमा समेत कार्यालय स्थापना गरी जनतासंग जोडिन उनले जिल्लाका नेताकार्यकर्तालाई निर्देशन दिएका हुन । त्यसैगरी बागमती प्रदेश सुशासन समितिका संयोजक एवं सचिवालय सदस्य देवेन्द्र श्रेष्ठले कम्युनिष्ट आचरण व्यवहारमा समेत लागू गर्नुपर्ने आवश्यकता औल्याएका थिए भने जिल्ला सचिव डिपी ढकालले एमालेमा केपी ओली गुटले कोपरामा पस्केको खाना खान गएका माओवादी नेताकार्यकर्ताका कारण सच्चा माओवादीको शीर निहुरिएको र उनीहरुलाई इतिहासले क्षमा नदिने जिकिर गरे । उक्त अवसरमा प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ, जिल्ला नेता सुरेश न्यौपाने लगायत नेताकार्यकर्ता समेत उपस्थित रहेका थिए ।

    संगठनमा जोड

    बैठकले दुई महिने संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ । जनाताको घर दैलोमा पुगी संगठनको काम गर्नेगरी संयोजन समिति नै बनाइएको छ । प्रत्येक वडामा कम्तिमा ४ जना होल टाइमर सहितको संगठन निर्माण गर्ने र प्रदेश स्तरका नेतालाई वडामा केन्द्रित गरी वडा कमिटीलाई मजबुद बनाउने बताइएको छ ।

    नगर कमिटी निर्माण

    पार्टीको बिस्तारित जिल्ला बैठकले भक्तपुरका चार वटै नगरपालिकामा नगर कमिटी निर्माण गरेको छ । केहि सदस्य पछि पदपूर्ती गर्ने गरी नगर कमिटीलाई पूर्णता दिइएको सचिव डिपी ढकालले बताए । उनका अनुसार भक्तपुरमा नेता सुनिल बासु, सूर्यविनायकमा जीवन तज, मध्यपुरमा बालकृष्ण दुगुजु र चाँगुनारायणमा रामशरण दाहालको नेतृत्वमा नगर कमिटी बिस्तार गरिएको छ । नगर कमिटी ४१ सदस्यीय हुने उनले जनाएका छन् ।

    न्यौपानेको नेतृत्वमा वार्ता समिति

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को अस्तित्व अस्वीकार गर्दै सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई अलग गरिदिए पनि माओवादी केन्द्रमा आउँन नमानेका नेताकार्यकर्तालाई मनाउन बैठकले एक समिति बनाएको छ । पार्टीका सर्वमान्य जिल्ला नेता सुरेश न्यौपानेको नेतृत्वमा एक संयोजन समिति निर्माण गरिएको हो । उक्त समितिलाई एमालेमा गएका, जान चाहेका वा निष्क्रिय रहेका नेताकार्यकर्तालाई मूल पार्टीमै फर्काउन संयोजनकारी भूमिका निर्वाह गर्न म्यान्डेट दिइएको छ । १० दिन भित्र उक्त समितिले आफ्नो कार्य गरिसक्ने र पार्टीमा सक्रिय हुन नचाहने नेताकार्यकर्तालाई कारवाही गर्दै उनका ठाउँमा नयाँलाई जिम्मेवारी दिइने सचिव डिपी ढकालले जानकारी दिए ।नेता श्रेष्ठलाई सम्मान
    बैठकमा पार्टीका निवर्तमान भक्तपुर इन्चार्ज, बागमती प्रदेश सचिवालय सदस्य एवं जनयुद्धका बैज्ञानिक देवेन्द्र श्रेष्ठ दिवाकरलाई सम्मान समेत गरिएको थियो । उनलाई कुनै राजनीतिक कारणले नभई बैज्ञानिक कारणले सम्मान गरिएको हो । केहि दिन अघि रकेट प्रक्षेपणमा नेपाली बैज्ञानिक लाई सहयोग पु¥याए वापत श्रेष्ठलाई सम्मान गरिएको थियो । उनलाई नेताद्वय दाहाल र प्रजापतिले दोसल्ला ओढाई सम्मान गरे । केहि दिन अघि भएको रकेट प्रक्षेपण नेपालको पहिलो रकेट प्रक्षेपण हो ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...