News Portal

  • ज्ञानबहादुर न्याइच्याईको दसौं स्मृति सभा 

    अनिल श्रेष्ठभक्तपुर १२ चैत्र
    ११११ पटक
    भक्तपुर १२ चैत्र

    सिद्धान्तमा अविचलित रही देश र जनताको निम्ति निःस्वार्थ भावनाले ईमान्दारीपूर्वक सेवा गर्ने व्यक्तिलाई जनताले सधैं सम्झिरहने छ । पार्टीको जीवन क्षणिक समयको लागि मात्र नभई जीवनभरी नै विभिन्न कठिनाईहरुका वीच जीउने नेता कार्यकर्ताहरु नयाँ पुस्ताका लागि मार्गदर्शक बन्छन् , उक्त विचार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भने ।

    गणेश मा.वि., भार्वाचोमा आयोजित ज्ञानबहादुर न्याइच्याईको दसौंं स्मृति सभा तथा छात्रवृति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव सुवालले ज्ञानबहादुर न्याइच्याई नेमकिपाको सिद्धान्त, नीति र निर्देशन अनुरुप सर्वहारा वर्गको शासन सत्ता स्थापनार्थ नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व भएकोले नयाँ पुस्ताले उहाँको योगदानलाई सधैं स्मरण गरिरहने बताए ।

    सरकारमा जाने पार्टी भित्रको गुटबन्दी र झगडा देश र जनताको हितको निम्ति नभई व्यक्तिगत नाफाघाटाको लागि मात्रै भएकोले संसद विघटन गरी चुनाव घोषणा गरेको सन्दर्भमा नेमकिपाले चुनावमार्फत जनताको चेतनास्तर उकास्ने मौकाको सदुपयोग गर्नुपर्ने विचार व्यक्त गरे । भूमाफिया, दलाल, ठेकेदारहरुको चंगुलमा सरकार फसेको चर्चा गर्नुहुँदै संसद सुवालले देशको आर्थिक, राजनैतिक, सामाजिक सबै क्षेत्रमा भारतीय विस्तारवादको चलखेल बढिरहेको बताए ।

    नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले किसान नेता ज्ञानबहादुर न्याइच्याईले पार्टीको विश्वविद्यालयबाट माक्र्सवादी दर्शनसम्मको अध्ययन गरी जनताको बीचमा बसेर काम गरेको स्मरण गर्दै व्यक्तिगत स्वार्थ छोडेर प्रतिक्रियावादीहरु र विरोधीहरुको अगाडि कहिलै नझुक्ने व्यक्तित्वप्रति जनताले सम्मान प्रकट गर्ने विचार राखे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र खर्वुजाको सभापतित्वमा सम्पन्न स्मृति सभामा ज्ञानबहादुर न्याइच्याई छात्रवृति कोषबाट विद्यालयका गरीव, जेहेन्दार र अतिरिक्त क्रियाकलापमा अब्बल ६ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको थियो ।

    न्याइच्याई नेपाल मजदुर किसान पार्टीका किसान नेता तथा भक्तपुरका पूर्व मेयर थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...