News Portal

  • चाँगु-५ का वडा अध्यक्ष सहित तीन जना मिलेर कुटपिट, घाइते अस्पतालमा

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १४ चैत
    २६८४ पटक
    काठमाडौं, १४ चैत

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै रहेका पूर्व सैनिक समेत रहेका विश्व खड्का र प्रकास लामिछानेले स्थानीय लक्ष्मण खिचाजुलाई मरणासन्न हुने गरी कुटपिट गरेको एक स्थानीयले जानकारी गराएका हुन् ।

    ३२ बर्षको खिचाजुलाई सामान्य विवादमा उनीहरुले कुटपिट गरेको बताइएको छ । हार्डवेयर व्यवसायी समेत रहेका खिचाजुलाई उनको घर अगाडी पसलमा पार्किङ्ग गरि राखेको गाडी हटाउन भन्दै कुटिपट गरेको घाइतेका दाजु राम खिचाजुले बताए ।

    घाइतेको भक्तपुर अस्पतालमा उपचार भई रहेको छ । उनको टाउको मुख लगायत शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको छ ।

    केही हप्ता अगाडी पनि वडाध्यक्षले स्थानीयलाई कुटपिट गरेका थिए । प्रहरीमा मिलापत्र गरेका उनले शनिवार फेरि अर्का स्थानीयलाई कुटपिट गरेपछि स्थानीय बासिन्दा जनप्रतिनिधि बाटै असुरक्षित भएका छन् ।

    गल्ति नै भएपनि आक्रमणमा उत्रन जनप्रतिनिधिका लागि सुहाउने विषय होइन । प्रहरी संग समन्वय गर्नुको साटो वडाध्यक्ष गुन्दागर्दिमा उत्रनुले समाजमा सकारात्मक प्रभाव नहुने भएपनि प्रहरीले भने खड्कालाई सधै उन्मुक्ति दिंदै आएको स्थानीयको गुनासो छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...