News Portal

  • खानेपानीको उद्घाटनसँगै इथाचावासी खुशी

    अनिल श्रेष्ठभक्तपुर, १५ चैत
    १३८४ पटक
    भक्तपुर, १५ चैत

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा करिब रू दुई करोडको लागतमा निर्माण सम्पन्न खानेपानीको उद्घाटन गरिएको छ । ताथलीको इथाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले करिब ५ वर्ष लगाएर निर्माण सम्पन्न गरेको खानेपानीको शनिबार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले उद्घाटन  गरेका हुन् ।

    खानेपानीको उद्घाटनसँगै लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका इथाचावासीको समस्या समाधान भएको छ । समितिले नियमितरूपमा खानेपानी वितरण गर्ने कार्यतालिका समेत बनाएको छ । सो ठाउँको खानेपानी समस्या समाधानका लागि स्थानीय आफै सक्रिय भएर लागेको जनाउँदै सांसद सुवालले खानेपानी वितरणका लागि प्रभावकारी तरिका अपनाउनुपर्ने बताए । उनले मानिसका लागि अत्यावश्यक खानेपानी सुविधा पुर्याउने जिम्मा सरकारको भए पनि सरकारले जनताको दैनिक समस्या सााधानमा ध्यान नदिएकोप्रति असन्तुष्टि जनाउँदै जनताको समस्या समाधानका लागि जनता नै सचेत र सजग हुनुपर्ने बताए ।
    खानेपानी उपभोक्ता समितिको पहिलो साधारणसभाको अवसरमा सांसद सुवालले एकलाख लिटर क्षमताको पानी ट्यांकी र पानी शुद्धिकरणक लागि जडान गरिएको फिल्टरको समेत उद्घाटन गरे ।

    २०७२ सालको वैशाख १२ गतेको विनासकारी महाभुकम्पले स्थानीयले वर्षौंदेखि उपभोग गर्दै आइरहेको पानीको मूललाई असर गरेको थियो । त्यही कारण इथाचा, मसाण्डोल, ताल्वा, माथुडाँडा र ढमलाडोकाका वान्सिदाहरु खानेपानी समस्यामा परेका थिए ।
    सो समस्याबाट छुटकारा पाउन स्थानीयले नकुल प्रजापतिको नेतृत्वमा समिति गठन गरेको समितिका धनबहादुर श्रेष्ठले बताए । उनले ठूलो संघर्ष र मिहिनेतपछि ताथलीको इथाचावासीले शुद्ध खानेपानी उपभोगको अवसर पाएको जानकारी दिँदै अझ व्यवस्थित गर्न जरुरी रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...