News Portal

  • माओवादी केन्द्रको बागमती प्रदेश सभा संसदीय दलको सचेतकमा भक्तपुरकी सांसद श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ चैत
    ३१७८ पटक
    भक्तपुर, १६ चैत

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बागमती प्रदेश सभा संसदीय दलको सचेतकमा भक्तपुरकी सांसद प्रतिमा श्रेष्ठ चयन भएकी छन् । बागमती प्रदेश सभा संसदीय दलको बैठकबाट सांसद श्रेष्ठ दलको सचेतक चयन भएकी हुन् ।

    उनी दलको सचेतकमा सर्वसम्मत चयन भएकी निवर्तमान सामाजिक विकाश मन्त्री एवं प्रदेश सांसद युवराज दुलालले जानकारी दिए । सांसद दुलालका अनुसार प्रमुख सचेतकमा भने बुद्धिमान माझी चयन भएका छन् ।

    त्यसैगरी बैठकले दलका नेता एवं उपनेता पनि चयन गरेको छ । दलको नेतामा निवर्तमान आन्तरिक मामला मन्त्री एवं सांसद शालिकराम जमरकट्टेल चयन भएका छन् । मजदूर नेता समेत रहेका धादिङ्गबाट निर्वाचित जमरकट्टेलको घर भक्तपुरको थिमिमा पनि रहेको छ । उपनेतामा भने कुमारी मोक्तान चयन भएकी बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...