News Portal

  • भक्तपुरबाट काठमाडौं पुर्याई जवरजस्ती करणी गर्ने/गराउने ५ पक्राउ : यसरी भयो पीडकको पर्दाफास

    अनिल श्रेष्ठ / भक्तपुर पोस्ट भक्तपुर, १९ चैत
    १९६५ पटक
    भक्तपुर, १९ चैत

    १६ वर्षिया कोसोरीलाई राम्रो काम लगाइदिने प्रलोभनमा पारी काठमाडौं पुर्याई जवरजस्ती करणी गर्न लगाएको आरोपमा अभियुक्तहरु पक्राउ परेका छन् । राम्रो काम लगाइदिने प्रलोभनमा पारी किसोरीलाई भक्तपुरबाट काठमाडौं पुर्याई जवरजस्ती करणी गर्न लगाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा सिन्धुली झागाझोली स्थायी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने १९ वर्षिया मसेली भन्ने सुहाना तामाङ्ग र सोही ठेगानाका २४ वर्षीय युवक सरगम भन्ने श्याम कुमार भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले पुष्टि गरे ।

    पिडित परिवारले दिएको उजुरीको आधारमा खटिएको भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार किटानी जाहेरी परेपछि परिसरको प्रहरी निरीक्षक भगवती तिमल्सिनाको नेतृत्वमा खटेको प्रहरी टोलीले तामाङ्ग र भट्टराईलाई काठमाडौंको माकलबारीबाट नियन्त्रणमा लिएको परिसर प्रमुख रहेकी एसपी तारादेवी थापाले जानकारी गराइन् । एसपी थापाका अनुसार पिडितको बुबाले मानव बेचबिखन तथा ओसारपसार र जवरजस्ती करणीको किटानी जाहेरी दिएका छन् । आरोपीहरुलाई पक्राउ गर्न पुगेको प्रहरीले अनुसन्धान गर्दा आरोपीहरुले महिलाहरुलाई सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको समेत उनले जनाएकी छन् ।

    अभियुक्तहरुले माकलबारीमा फ्ल्याट भाडामा लिई बालिकाहरुलाई राख्ने गरेको र होटलमा पुर्याई जवरजस्ती यौनजन्य कार्यमा लगाउने गरेको बताइएको छ । उक्त फ्ल्याटमा युवतिहरुलाई खान, बस्न, सुत्न मिल्ने गरी व्यवस्थापन गरेको तथा यौनसम्पर्क गर्दा आवश्यक पर्ने अस्थायी साधन समेत बरामद भएको हुँदा बालिकालाई सामुहिक रुपमा राखी यौनजन्य कार्यमा लगाउने गरेको खुल्न आएको प्रहरीको दावी छ ।

    होटल संचालक समेत समातिए
    पिडित किसोरीलाई जवर्जस्ती करणी गर्न लगाउने सुन्दरीजलस्थित होटल संचालकहरु समेत पक्राउ परेका छन् । पाथिभरा फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजलका होटल संचालक बर्ष ५२ को प्रकाश ढुंगेल र बर्ष ३१ की मुना थापा मगरलाई भक्तपुर प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार सुहाना र श्यामले उक्त होटलमा केटी सप्लाई गरी जवर्जस्ती करणी गराउने गरेकोले संचालाकद्वय ढुंगेल र थापामगर पक्राउ परेका हुन् ।

    जवर्जस्ती करणी गर्ने व्यक्ति पनि पक्राउ
    पिडित किसोरीलाई जवर्जस्ती करणी गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् । कागेश्वरी मनहरा-१ गागालफेदी बस्ने बर्ष ४७ को राज कुमार सुनार प्रहरी फन्दामा परेका हुन् ।

    प्रहरीका अनुसार सुनारले होटलको सेटिंगमा युवतीलाई गत शनिवार जवर्जस्ती करणी गरेका थिए । होटल संचालक प्रहरीको नियन्त्रणमा परेपछि किसोरीको अस्मिता लुट्ने सुनार समेत प्रहरीको हिरासतमा परेका बताइएको छ  ।

    यसरी भयो पीडकहरुको पर्दाफास

    पिडित कोसोरीलाई एक हप्ता अघि सुहाना तामाङले कपडा पसलमा काम लगाइदेने भन्दै काठमाडौं पुर्याइन । त्यहाँ सुहाना र श्याम कुमार भट्टराईले धाकधम्की र डर त्रास देखाई एउटा फ्ल्याटमा राखे र उनलाई जवर्जस्ती यौन धन्धामा लगाए । उक्त पासविक पिडा भोग्न बाध्य बनेकी किसोरी फ्ल्याटमा सुहाना र श्याम नभएको मौका पारी अन्य महिलालाई समेत झुक्याई भागी अभिभावकको सम्पर्कमा आउँन सफल भईन । बुधवार अभिभावक प्रहरी परिसर आएपछि घटनाबारे प्रहरीले थाहाँ पायो र जाहेरी पर्नासाथ तत्कालै प्रहरी टोली परिचालन गरी परिसरले पीडकलाई नियन्त्रणमा लिन सफल भएको परिसरले जनाएको छ ।

    थप अनुसन्धान हुँदै

    महानगरीय प्रहरी परिसर भक्तपुरले पीडक देखिएका पाँचै जनालाई हिरासतमा राखेको छ । उनीहरु उपर जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान भैरहेको परिसर प्रमुख रहेकी एसपी तारादेवी थापाले बताएकी छन् ।

    सच्याइएको : ५ पक्राउ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ : सम्पादक

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...