News Portal

  • भक्तपुरमा शनिबार दिनभर निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ चैत
    १०६७ पटक
    भक्तपुर, २१ चैत

    भक्तपुर नगरपालिकाको आयोजनामा वडा नं. २ मा एकदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर संचालन भएको छ । जेसिज इङ्गलिस स्कुलको प्राङ्गणमा शिविर सुरु भएको हो ।

    शनिबार बिहान उक्त शिविरको नगरप्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका छन् । फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट नगरबासी महिलाहरुलाई जोगाउन भक्तपुर नगरपालिकाले उक्त शिविर सञ्चालन गरेको जनाएको छ ।

    शिविरको उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले क्यान्सर उपचार निकै महँगो भएका कारण समयमै यो रोगको पहिचानको लागि भक्तपुर नपाले नगरका सबै वडाहरुमा निःशुल्क रुपमा परीक्षण शिविर सञ्चालन गर्दै आएको बताए ।

    रोग लागेपछि उपचार गर्नुभन्दा रोग भए÷नभएको परीक्षणहरु गरिरहनुपर्ने बताउदै नगर प्रमुख प्रजापतिले मानिस धनी भन्दा पनि स्वस्थ हुनुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाबासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको जानकारी गराए भने वडा सदस्य तुल्सीलक्ष्मी दुमरुले नियमित ब्यायाम र नियमित स्वास्थ्य जाँचका कारण महिलाहरु सम्भावित रोगहरुबाट बच्न सक्ने बताए ।

    शिविरमा भक्तपुर क्यान्सर अस्पतालको डाक्टर रोशनी छुकांले महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरेर क्यान्सर भए—नभएको पत्ता लगाइने जानकारी गराइन । उनले जति छिटो क्यान्सर पत्ता लाग्यो त्यति उपचार सहज हुने बताउदै परीक्षण गर्नुपर्नेमा जोड दिइन । व्यक्तिगत सरसफाई र सचेतनामा ध्यान दिन सकेमात्रै पनि धेरै रोगबाट बच्न सकिने उनको भनाइ छ । स्थानीय राजन जतिले स्वास्थ्यलाई महत्व दिएर शिविर संचालन गरेकोमा नगरपालिकालाई धन्यवाद दिए ।

    कार्यक्रमको सञ्चालन वडा सदस्य श्यामसुन्दर मातांले गरेका थिए । शिविर शनिवार दिनभर संचालन हुने उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...