News Portal

  • मध्यपुर थिमिस्थित अरनिको बस्तीमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २१ चैत
    १३३० पटक
    भक्तपुर, २१ चैत

    मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित अरनिको बस्ती उपभोक्ता समितिको अध्यक्षमा ठमनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

    शनिबार सम्पन्न समितिको १७औं साधारण सभाले उपाध्यक्षमा देविका पौडेल, महासचिवमा सुवर्गप्रभा गुरागाई, सचिवमा मकर श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मीलाल श्रेष्ठलाई चयन गरेको अध्यक्ष ढकालले जानकारी दिए । त्यसैगरी सदस्यहरुमा रामबहादुर बानियाँ, धर्मभक्त श्रेष्ठ, भिष्मप्रसाद बजगाई, सन्दिप ढकाल, शान्तिप्रसाद लुइटेल, प्रदिप अधिकारी, रेनुका गुरागाई, मैया दाहाल, इन्दिरा कोइराला, विज्ञान अर्याल, राजन ओझा, दिनेश मैनाली, इष्टमित्र मास्केलाई चयन गरिएको बताइएको छ ।

    साधारण सभामा मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरको विकासमा साथ दिने यस्ता उपभोक्ता र विकास समितिको खाँचो रहेको बताए । समितिका सल्लाहकार  एवं नेकपा (एमाले)का नेता बचन देउजाले टोलमा खानेपानीको पाइप जोडेपनि पानी नआउने गरेको र सडक बत्तीको समस्या समेेत रहेकोले यसतर्फ लाग्न नयाँ समितिलाई आग्रह गरे । उक्त अवसरमा अध्यक्ष ढकालले समस्या तत्काल समाधान गर्न समिति सक्रिय हुने प्रतिवद्धता प्रकट गरेका थिए ।

    अरनिको राजमार्ग गठ्ठाघर चोकबाट दक्षिण तर्फको बस्तीलाई समेटेरअरनिको बस्ती उपभोक्ता समिति २०६० सालमा स्थापना भएको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...