News Portal

  • भक्तपुरबाट उपत्यका प्रदेशमा झा नेतृत्वको पुरै प्यानलको अग्रता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ चैत
    १०६५ पटक
    भक्तपुर, २५ चैत

    नेपाल पत्रकार महासंघको भक्तपुरमा सम्पन्न निर्वाचनको मतगणना जारी छ । उपत्यका प्रदेशको मतगणना सकिएपछि केन्द्रको मतगणनाको तयारी गरिएको छ  ।

    पदाधिकारीमा श्रीजन झा नेतृत्वको पुरै प्यानल अघि रहेको छ । १७४ मत खसेकोमा अध्यक्ष श्रीजन झाले १२५ मत पाएका छन् भने उनको प्रतिस्पर्धामा रहेका रामचन्द्र खड्काले ४३ मत हासिल गरेका छन् । महासचिव टेकबहादुर रोका (टेनिस) मत ११८ रहेको छ भने उनका प्रतिस्पर्धी सविन शर्माले ४६ मत पाएका छन् ।

    उपाध्यक्ष र सचिवमा पनि झा प्यानलका उम्मेदवार अघि छन् । उपाध्यक्षमा  वीरबहादुर लामाको मत १११ र सचिव रोशनराज पाण्डेको ११३ मत आएको छ । सर्वाधिक मत सचिव समावेशीका उम्मेदवार अमर भूजुले पाएका छन् । उनले पाएको मत १४६ रहेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा पनि झा प्यानलकै अर्जुन पन्तले ९१ मत पाए उनका प्रतिस्पर्धामा रहेका जयराम बास्तोलाले ७७ मत पाएको निर्वाचन समितिले जनाएको छ । सदस्यमा आदिवासी जनजातिका उम्मेदवार रत्नकृष्ण श्रेष्ठले सर्वाधिक १३६ मत पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...

    बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा

    कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष...

    गृहमन्त्रीका नक्कली पीए पक्राउ

    गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै ...

    उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष

    नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने...