News Portal

  • पत्रकार महासंघ भक्तपुरको नयाँ कार्यसमितिलाई चाँगुनारायण नगरपालिकाको सम्मान

    भक्तपुरपोस्ट संवाददाता चाँगुनारायण, २८ चैत
    ११५४ पटक
    चाँगुनारायण, २८ चैत

    नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुलाई चाँगुनारायण नगरपालिकाले बधाई तथा स्वागत गरेको छ । शुक्रवार हेल्मेट डाँडास्थित नगरपालिकाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।

    कार्यक्रममा नगर प्रमुख सोम प्रसाद मिश्र र उपप्रमुख विणा बास्तोलाले नवनिर्वाचित पदाधिकारीलाई टिका र खादा लगाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले स्थानीय सरकार र पत्रकारबीच नङ्ग र मासुको सम्बन्ध हुने स्पष्ट पारे । पत्रकारले सत्य र तथ्यमा टेकेर सूचना प्रवाह गर्नुपर्नेमा जोड दिंदै उनले बिना पूर्वाग्रह प्रेषित समाचारले पत्रकार र पत्रकारिताप्रति सम्मान बढ्ने बताए । आग्रहपूर्वाग्रह त्यागेर आलोचनात्मक समाचार लेख्न प्रेरित गर्दै उनले यसबाट सुधारका लागि थप बाटो खुल्ने बताए ।”हाम्रा राम्रा मात्र होइन, नराम्रा काम छन् भने पनि खेजेर जनतामाझ लगिदिनुस । यसले हामीलाई सच्चिन मद्दत मिल्छ ।” उनले भने । भक्तपुरका पत्रकारले राष्ट्रिय अन्तराष्ट्रिय जगतमा भक्तपुरको सकारात्मक प्रचारप्रसारमा योगदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    कार्यक्रममा उपप्रमुख बास्तोलाले पत्रकार महासंघको कार्यसमितिमा चाँगुनारायण नगरपालिकाकै ७ जना समेटिएको प्रति सन्तोष व्यक्त गरिन् । यस पटक भक्तपुर शाखामा सबै पदाधिकारी निर्विरोध निर्वाचित हुँदा यसले राम्रो संदेश दिएको उनको भनाइ छ । महासंघको दुख सुखमा साथ दिन आफूहरु सधै तयार रहेको समेत उनले प्रतिवद्धता प्रकट गरिन् ।

    कार्यक्रममा महासंघका नव निर्वाचित अध्यक्ष जगत प्रजापतिले पत्रकारिताको विकासको लागि सहकार्य गर्न प्रस्ताव गरे भने महासंघको भवन निर्माणका लागि नगरपालिकाको तर्फबाट योगदान गर्न आग्रह समेत गरेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत अग्नि प्रसाद अधिकारीले विकास पत्रकारितामा जोड दिन र असल अभ्यासलाई जनतासामू पुर्याइदिन भनेका छन् भने महासंघसंग सहकार्य गरेर अघि बढ्ने समेत बताए । कार्यक्रमको संचालन भने प्रशासकीय अधिकृत निला घिमिरेले गरेकी थिइन् । महासंघका नवनिर्वाचित पत्रकारहरुको सहभागितामा सम्पन्न कार्यक्रममा  भूमि सम्वन्धी समस्या समाधान आयोग भक्तपुरका अध्यक्ष मोहनवीर श्रेष्ठ लगायतको समेत उपस्थिति  रहेको थियोे ।                             

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...