News Portal

  • सूर्यविनायकमा पनि वाइसिएलले बनायो वडा कमिटी : भ्रष्टाचार विरुद्ध लाग्न निर्देशन

    भक्तपुरपोस्ट संवाददाता सूर्यविनायक, २९ चैत
    २१३५ पटक
    सूर्यविनायक, २९ चैत

    नेकपा (माओवादी केन्द्र)को युवा संगठनको रुपमा रहेको योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल, नेपाल) ले भक्तपुरमा संगठन विस्तारलाई तीब्र बनाएको छ । शनिवार चाँगुनारायणमा वडा कमिटी बिस्तार गरेको वाइसिएलले आइतवार सूर्यविनायकमा वडा कमिटी बनाएको हो ।

    आइतवार सूर्यविनायक-६ मा भएको युवा भेलाबाट वडा नम्बर ६ मा वाइसिएलको कमिटी गठन गरिएको क्षेत्र नं. २ का वाइसिएल संयोजक नरेश रन्जितले जानकारी गराएका छन् । नेता रन्जितका अनुसार कुमार सैंजुको नेतृत्वमा सूर्यविनायक-६ मा वाइसिएलको वडा कमिटी गठन गरिएको छ ।

    नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष डि पी ढकालको प्रमुख आतिथ्यता र सूर्यविनायक नगर इन्चार्ज जीवन तज(दिलकृष्ण)को विशेष आतिथ्यतामा सम्पन्न उक्त भेलामा वाइसिएल केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला ईन्चार्ज दिनेश थपलिया आक्रोश, मजदुर नेता मिलन लामा, वाइसिएल भक्तपुर जिल्ला संयोजक नरेश वाईबा, बागमती प्रदेश सदस्य राजु कुटु र सरराज उप्रेति लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष डिपी ढकालले युवाहरु नै अग्रगमनका सम्बाहक भएकाले निजी स्वार्थका लागि प्रतिगमनको मतियार बन्नु नहुने बताए । उनले उर्जाशील युवाहरुलाई गोलबन्द गर्न र समाज रुपान्तरणमा लाग्नपर्ने आवश्यकता औल्याएका थिए । नेता ढकालले विकासका नाममा भएका भ्रष्टाचारको विरुद्ध लाग्न युवाहरुलाई निर्देशन समेत दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...